गरीबका पीडाः कोरोनाले भन्दा पहिला भोकले मार्छ

२०७६ चैत्र १२ गते, बुधबार

काठमाडौं , १२ चैत । संसारभर लक डाउनका कारण करीब २ अर्ब बढी मानिसरु घरमा बसिरहेका छन् । त्यसको सबै भन्दा ठूलो मार दैनिक ज्यालादारी मजदुरी गरेर गुजारा गर्ने मजदुरहरुमा पर्ने देखिएको छ ।
खास गरी भारतमा ठूलो संख्यामा करीब एक अर्ब ३० करोड नागरिकलाई लकडाउनमा राखिएका कारण मजदुरहरुको बिचल्ली भएको छ ।
नोयडाका मजदुर चोकका मजदुरहरुले कोरोनाले भन्दा आफूहरुलाई पहिला भोकले मार्ने भन्दै चिन्ता जनाएका छन् ।
त्याहाँ ठूलो संख्यामा निर्माण र अन्य क्षेत्रका मजदुरहरु रहने गर्दछन् । त्यही काम गरेर गुजारा गर्ने रमेश कुमारले भने आज यो सडक सुनसान छ, चराहरु कराईरहेका छन्, मान्छेहरु गायब छन्, मैले यस्तो कल्पना पनि गरेको थिईन कि दिन यसरी आउने छ भनेर । उनले भने ।
दैनिक मजदुरी गरेर ६ सय भारु कमाउने उनले अब दिन कसरी गुजार्ने बाल बच्चा कसरी पाल्ने ठुलो चिन्ता भएको बताए ।
त्यस्तै अन्य मजदुरहरुले पनि २१ दिनको लक डाउनले ठूलो समस्या खडा गर्ने बताएका छन् ।
अलि हसन भन्ने अर्का मजदुरले आफूले यस अघि नै काम गरेको समेत पैसा नपाएको भन्दै भोकमारीको चिन्ता जनाए । भारतमा दशौं लाख मजदुरहरुको यस्तै चिन्ता रहेको बिबिसीले उल्लेख गरेको छ ।
“मैले कसैबाट पनि सहयोग पाएको छैन,मलाई डर छ कोरोनाले भेट्नु अघि हामी भोकले मर्नेछौ”मोहम्मद सबीरले भने । उनी पनि सडकमा दिनभरी काम गरेर गुजारा गर्ने गर्दछन् ।
भारतमा बिश्वको सबै भन्दा धेरै जनसंख्या लकडाउनमा राख्ने भनिएको छ । यति सम्म कि मानिसहरुले लक डाउन अटेर गरे कर्फु लगाउने र गोली हान्ने सम्मको तयारी सरकारले गरीरहेको छ । यस्तोमा करोडौं मजदुरहरुको जीवन निकै संकटमा फसेको देखिएको छ । -एजेन्सी

प्रतिक्रियाहरु