गमलामा रोपेको रुखवाट मोबाइल चार्ज हुने

२०७३ बैशाख २० गते, सोमबार

काठमाडौं, २० वैशाख । स्पेनका तिनजना युवा वैज्ञानिकहरुले एउटा यस्तो ब्याट्रीको निर्माण गरेका छन् जसलाई गमलामा रोपेको रुखले नै चार्ज गर्न सकिन्छ ।
बायो नाम दिइएको उक्त ब्याट्रीले बिरुवाले प्रकाश संश्लेषण क्रियाका दौरान पैदा गरेको उर्जालाई विद्युत उर्जामा बदल्न सक्दछ । जसबाट पूर्ण नविकरणीय तथा स्वच्छ उर्जा प्राप्त गर्न सकिन्छ । यो प्रविधिबाट ३ देखि ४० वाटसम्म विजुली उत्पादन गर्न सकिने र विजुलीको क्षमता रुखको प्रकार तथा आकार निर्भर हुने बताइएको छ । वैज्ञानिकहरु पाब्लो म्यानुएल, राफेल रेबोलो र शावेर रोडि्रजको टोलीले आफ्नो यो अनौठो ग्याजेटलाई व्यवसायिक उत्पादन मार्फत बजारमा ल्याउने तयारी गर्दैछ । अहिलेसम्म आफुले यो ग्याजेटको प्रोटोटाइपबाटै आफ्नो फोन चार्ज गरिरहेको पाब्लो बताउँछन् । शोधकर्ताहरुका अनुसार बिरुवाबाट उत्पादन गर्न सकिने विजुलीले केवल मोबाइल चार्ज गर्न सकिने मात्र होइन एउटा वगैँचाबाट पूरै घरलाई चाहिने बिजुली उत्पादन गर्न सकिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु