गण्डक व्युरोद्वारा भ्रामक प्रचारको खण्डन

२०७६ श्रावण २३ गते, बिहीबार

काठमाडौं, २३ साउन । नेपाल कम्युनिस्ट पार्टी गण्डक व्युरोले भ्रामक प्रचारप्रति बिश्वास नगर्न आग्रह गरेको छ । पार्टीको नीति र कार्यक्रमको विरुद्ध विनोद परियार ‘सोनाम’ भनिनेले दुई-तिन वटा जिल्लाको सेक्रेटरी हुँ भनी प्रचार गरेकोले भ्रममा नपर्न अपिल गरेको हो । गण्डक व्युरो इन्चार्ज आस्थाले बिहीबार विज्ञप्ति जारी गर्दै विनोद परियार ‘सोनाम’ले गरेको सम्पूर्ण प्रचार गलत भएको र भ्रममा नपर्न तथा सचेत रहन सम्पूर्ण जनसमुदायमा अपिल गरेकी हुन् ।
इन्चार्ज आस्थाको विज्ञप्तिमा भनिएको छ, ‘नेपालका सर्वहारा वर्ग, श्रमिक तथा उत्पीडित जनसमुदायको अग्रदस्ता हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा वैज्ञानिक समाजवादी क्रान्ति निरन्तर अगाडि बढिरहेको छ । क्रान्तिको कठिन तर महान् प्रक्रियामा टिक्न नसकेका कैयौं कचराहरु पलायन हुने क्रान्तिको अनिवार्य नियम हो र हाम्रो पार्टीको सन्दर्भमा पनि त्यो त्यतिकै सत्य हो । त्यसै सन्दर्भमा पार्टीको नीति र कार्यक्रमको विरुद्ध विनोद परियार ‘सोनाम’ भनिने ८÷९ महिनादेखि निस्कृय भई पार्टीको कुनैपनि काममा नभएको र १ महिना पहिले गिरफ्तार पर्दा पार्टीको कारणले नभई आफ्नै पारिवारीक कारणले गिरफ्तार परेको सबैमा सर्वविदितै छ । उहाँ दुई-तिनवटा जिल्लाको सेक्रेटरी हुँ भनी प्रचार गरेको सम्पूर्ण कुरा भ्रम भएको र वहाँ पार्टीको सम्पर्कबाहिर भएको हुनाले भ्रममा नपर्न तथा सचेत रहन सम्पूर्ण जनसमुदायमा जानकारी गराउँदछौं ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु