गणेश लामा पेस्तोल र गोलीसहित पक्राउ

२०७४ चैत्र १ गते, बिहीबार

काठमाडौं, १ चैत । गत प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भएका गणेश लामालाई प्रहरीले पक्राउ गरेको छ । लामालाई चिनियाँ पेस्तोल र ६ राउन्ड गोलीसहित गएराति प्रहरीले काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो । गौशालास्थित पशुपति भिजन होटलमा गोली चलेको आवाज सुनेपछि पुगेको प्रहरी टोलीले लामालाई पेस्तोल र गोलीसहित पक्राउ परेको हो । घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ । सम्पत्ति शुद्धिकरण विभागले लगाएको अकूत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा लामाले विशेष अदालतबाट केही महिना अघिमात्रै सफाई पाएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार