गजल – इन्दिरा प्रयास

२०७३ मंसिर २१ गते, मंगलवार

निर्मोही बिर्सन पिएँ अलिकति
फाटेथ्यो यो मन सिएँ अलिकति
सुनाउदैछु एक प्रदेशीको गुनासो
घरबाट एक्लिदा आतिएँ अलिकति
चुलो बाल्न नसकी बिदेशिएको रे
भन्दैथ्यो बालुवामा खिएँ अलिकति
जसोतसो खान पुग्थ्यो त्यों पाखोले
बन्धकीमा राखें र लिएँ अलिकति
पसिनाको कमाई त्यसैमा रमाई
जीवनस्तर उचाली दिएँ अलिकति

प्रतिक्रियाहरु