गजल – अम्बिका भण्डारी

२०७४ पुष १० गते, सोमबार

तिमीसग जित्न भन्दा हार्न तयार छु ।
बरु मनका इच्छा सबै मार्न तयार छु ।।
म रोएर तिम्लाई खुशि मिल्छ भने जिबनभरी ।
यी नयनबाट आधिबेरी झार्न तयार छु ।।
आकाश खसोस सागर ऊर्लोस छुने छैन तिम्लाई ।
चन्द्रमा नै यो धर्तिमा सार्न तयार छु ।।

प्रतिक्रियाहरु