गंगालाल अस्पतालमा भ्रष्टहरुको राइदाइ

२०७१ पुष ५ गते, शनिबार

काठमाडौँ । भ्रष्टाचारको दलदलमा फसेको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको अनियमितता र भ्रष्टाचारको पर्दाफास हुने भएपछि भ्रष्टाचारीहरुबीच कोकोहोलो मच्चिएको स्रोतले बताएको छ । अस्पतालका प्रमुखदेखि प्रायः सबै निकाय भ्रष्टाचारमा लिप्त भइरहेको समयमा विभिन्न पत्रपत्रिका, अनलाइनमा समाचारहरु प्रकाशन हुन थालेपछि पछि भ्रष्टाचारीहरु अत्तालिन थालेको स्रोतले बताएको छ । अस्पतालभित्र सामान सप्लाई, मर्मत, सम्भारलगायतका सम्पूण कार्यमा व्यापक अनियमितता भइरहेको छ, अहिले विभिन्न पत्रपत्रिका र अनलाइनमा यहाँ भएका अनियमितता र भ्रष्टाचारको समाचारहरु आउन थालेपछि भ्रष्टहरु कागजात मिलाउन दिनरात खटिन थालेका छन् भन्दै अस्पताल सम्बद्ध एक कर्मचारी आफ्नो नाम उल्लेख नगरिदिन भन्दै अस्पताल भ्रष्टाचारको दलदलमा फसेको स्वीकार्छन् ।
सहिद गंगालाल अस्पतालमा व्यवस्थापनको कमजोरीका कारण बिरामी र बिरामीका आफन्तहरुसमेत प्रताडित हुने गरेको स्रोतले बताएको छ । ओपिडीमा जँचाउन गयो समयमा डाक्टर आउँदैनन् । अस्पतालले निःशुल्क वितरण गर्न ल्याएको औषधिसमेत किन्नर्ुपर्छ । र्सवसाधारणको लागि सहिदको नाममा खोलिएको अस्पतालको यो हविगत छ । अस्पतालको यस्तो रबैयाको कारण बिरामीको अकाल ज्यान जाने स्थिति छ । खोई कुनै निकायले ध्यान दिएको छैन । अस्पताल प्रशासनमा गुनासो गर्न गयो एकले अर्कालाई देखाउँदै उम्कने गर्छन् । अस्पताल प्रमुख डा. मानबहादुर केसीलाई अस्पतालमा भेट्नु भनेको त स्यालको सिङ भेट्नुसरह रहेछ भन्दै अस्पतालको सेवा, सुविधा ज्यादै गएगुज्रेको एक बिरामीका आफन्तले बताए ।
विगतमा पनि सहिद गंगालाल अस्पतालमा हुनेखानेले मात्र उचित उपचार पाउने गरेको, राजनीतिक पहुँच नहुने वा अस्पतालमा आफ्ना नातागोता नहुनेले उचित उपचार नपाएको गुनासो आउने गरेको स्वयम् अस्पताल सम्बद्ध कर्मचारीहरु बताउँछन् । अस्पतालमा अहिले औषधि आपूर्ति भवन तथा उपकरण खरिद र मर्मत, सम्भारको नाममा व्यापक भ्रष्टाचार भएको चर्चा अस्पताल सम्बद्ध कर्मचारीले गुनासो गरेका छन् । यस विषयमा थप प्रमाणसहित र्सार्वजनिक गर्न प्रतिबद्धता उनीहरुले गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु