गंगामायाले तोडिन् अनसन

२०७१ कार्तिक २ गते, आईतवार


काठमाडौं, २ कार्तिक । अनसनरत गोरखा फुजेलकी गंगामाया अधिकारीले अनसन तोडेकी छन् ।सरकारसँग ५ बुँदे सहमति भएपछि उनले शनिबार राति ९ बजेर २० मिनेटमा अनसन तोडेकी हुन् । कानुनमन्त्री नरहरि आर्चाय वीर अस्पताल पुगेर गंगामायालाई जुस खुवाएका थिए । यद्यपि उनले आफूले दाल भात नखाने र हर्लिक्स, फलफूल, जुस, ग्लुकोज र दूध मात्र खाने बताएकी छन् ।
छोराको २०६१ सालमा माओवादी कार्यकर्ताले चितवनमा अपहरणपछि हत्या गरेको भन्दै झण्डै ३ सय दिनदेखि उनी अनसनमा थिइन ।
उनका पति नन्दप्रसादको एक महिनाअघि अनसनरत अवस्थामै अस्पतालमा निधन भएको थियो । परिवारले बुझ्न अस्वीकार गरेका कारण उनको शव शिक्षण अस्पतालमै छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु