खोई कहाँ आयो लोकतन्त्र ? – बी. आर. गजमेर

२०७६ श्रावण १९ गते, आईतवार

झण्डै अढाई सय वर्ष पुरानो वंशका आधारमा राजा हुने शाहवंशीय परम्परागत सामन्ती (निरंकुश) राजतन्त्र अन्त्य गरेर लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ११ वर्ष पूरा भई १२ वर्षमा प्रवेश गरेको छ । ००७ सालदेखि नेपाली जनताको धेरे ठूलो अतुलनीय त्याग, तपस्या, योगदान र बलिदानको जगमा भएको ऐतिहासिक संघर्ष, क्रान्ति, जनयुद्ध र लाखौँलाख जनताको सहभागितामा भएको २०६२-६३ को ऐतिहासिक जनआन्दोलनको बलमा मात्र लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । दुई–दुई पटकको संविधानसभाको चुनावपश्चिात् संविधान पनि बन्यो । एकात्मक राज्यव्यवस्थाको विधिवत अन्त्य भई भनिन्छ, देश संघीयमा गयो । संघ, प्रदेश र स्थानीय तीन तहको संरचना पनि बन्यो रे ? तीनै तहमा कथित चुनाव भई सरकारसमेत बनेका छन् । तर, त्यत्रो त्याग, तपस्या, योगदान, बलिदान र संघर्षबाट प्राप्त गणतन्त्रले राष्ट्र र जनताको आवश्यकता, चाहना, अपेक्षा र आकांषालाई सम्बोधन गर्न सकेको छैन । नेपाली जनताले परिवर्तन, समानता, स्वाधीनता, अधिकार र मुक्तिको अनुभूति बिलकुल गर्न सकेका छैनन् । त्यसैगरी, राष्ट्रियता, जनअधिकार र जनजीविकाका समस्याहरु दिनप्रतिदिन तीव्र रुपमा वृद्धि हुँदै र गम्भीर संकटग्रस्त बन्दै गएको अवस्था छ । जनता झन् धेरै शोषण, उत्पीडन, विभेद, असमानता, अन्याय – अत्याचार, गरिबी र अभावै-अभावको मारमा पिल्सिरहेका छन् । जनता आज झनै प्रताडित र आक्रान्त भएका छन् । तसर्थ, राज्यको शासनसत्ताको शैली, संस्कार र चरित्र देख्दा मुलुकमा अझै लोकतन्त्र, गणतन्त्र र परिवर्तन बिलकुल आएको छैन । लोकतान्त्रिक गणतन्त्रको नाममा दलाल पुँजीवादी संसदीय व्यवस्था जबर्जस्ती देश र जनतामाथि लादियो । यो गम्भीर र बिडम्बना हो । के यही हो, लोकतान्त्रिक गणतन्त्र भनेको ? के यतिकै लागि जनताले यत्रो सघर्ष, क्रान्ति र त्याग, बलिदान गरेका हुन् ? खोई कहाँ आयो लोकतन्त्र ? यो त लोकतन्त्र होइन, लुटतन्त्र हो ? केपी–पिके मण्डलीको नेतृत्वमा बनेको कम्युनस्ट नामधारी कम्युनिस्टको कथित, दुई तिहाईको सरकार त सामाजिक दलाल फासीवादी सरकार हो । यो सरकार र व्यवस्था असफलसिद्ध भएको छ ।
दलाल फासीवादी सरकार र प्रतिबन्ध
कमयुनिस्ट नामधारी कमाउनिस्ट डबल नेकपाको नेतृत्वमा पिके–पिके मण्डलीको लोकतान्त्रिक भनिने कथित दुई तिहाईको दलाल फासीवादी सरकारले नेपाल कम्युनिस्ट पार्टलाई गत फागुन २८ गते प्रतिबन्ध लगाई पार्टीको कुनै पनि गतिविधि र कार्यक्रमहरु गर्न नदिने घोषणा ग-यो । त्यति मात्र होइन, पार्टीका नेता, कार्यकर्ता, समर्थक शुभचिन्तकलाई समेत जहाँ भेट्यो, त्यही गोली हान्ने, गिरफ्तार गर्ने, मुद्दा लगाई जेलमा राख्नेसमेतको उर्दी जारी ग-यो । नेकपालाई साथ, सहयोग गर्ने व्यक्ति, संघसंस्था र सर्वसाधराण जनतालाई पनि कारवाही गर्ने फरमान जारी गर्दै आमजनतामा त्रास, भय र आतंक सिर्जना ग-यो । जो, आफैँमा असंवैधानिक, गैरकानुनी र गैरराजनीतिक कार्य हो । यो प्रतिबन्ध उनीहरुले नै भन्दै आएको लोकतन्त्रको मूल्य, मान्यता, विधिको विपरीत संविधान र कानुनको खिलाफमा छ । यो आफेँले बनाएको संविधान र कानुनको उपहास मात्र होइन, यो आफैँमा लज्जास्पद र हास्यास्पद पनि छ । यसलाई राष्ट्र र जनताको लागि धेरै ठूलो धोका र गम्भीर बिडम्बना भन्नुपर्दछ । जनता र पार्टीमाथि लगाएको प्रतिबन्धका विरुद्धमा हाम्रो पार्टीले घोरभत्र्सना र विरोध गर्दै प्रतिरोध गरिरहेको छ । साथै, केपी–पिके मण्डली सरकारको यस खालको असहष्णु, अमर्यादित, असंवैधानिक र अराजनीतिक व्यवहार र प्रतिबन्धका विरुद्धमा चौतर्फीरुपमा आमजनता, सबै पार्टीहरु र नेता, कार्यकर्ताहरुले विरोध, आपत्ति, घोरभत्र्सना र एक खालको विद्रोह नै भएको छ । त्यति मात्र होइन, सत्ताधारी पार्टीकै वरिष्ठ नेता तथा पूर्वप्धानमन्त्री माधवकुमार नेपाल, नेताहरु भीम रावल, जनार्दन शर्मा, देवेन्द्र पौडेल, मणि थापा, नारायण शर्मालगायतका नेता, कायृकर्ताहरु, प्रतिपक्ष पार्टी नेपाली कााग्रेसका नेता, कार्यकर्ताहरुलगायत अन्य विभिन्न राजनीतिक पार्टीका नेता–कार्यकर्ताहरु, नागरिक समाज, मानवअधिकारवादी, पत्रकार, राजनीतिक विश्लेषक, बुद्धिजीवि, लेखक, कलाकार, साहित्यकार, देशभक्त प्रगतिशील शक्ति तथा राष्ट्रको स्वाधीनता, स्वतन्त्रता र परिवर्तनका पक्षधर आमनेपाली जनता र अन्तर्राष्ट्रिय भाइचारा शक्तिहरुले समेत नेकपामाथि लगाएको प्रतिबन्धको चौतर्फीरुपमा विरोध, भत्र्सना र खबरदारी गरेका छन् । नेकपा फरक विचार, सिद्धान्त बोकेको एउटा राजनीतिक पार्टी भएकोले सरकारले तत्काल प्रतिबन्ध फिर्ता लिई राजनीतिक व्यवहार वार्ता र संवादद्वारा समस्याको हल गर्नुपर्दछ, सबैले भनिरहेका छन् । सरकारको दुई तिहाईको ‘दम्भ, घमण्ड र उन्माद’ ले अधिनायकवादी, फासीवादी खालको कार्यव्यवहार र हर्कतले मुलुकमा फेरि पनि द्वन्द्व निम्त्याउँछ । सरकार आफेँले युद्ध घोषणा ग¥यो, सरकारले ठूलो गलती ग-यो, यसले मुलुकमा फेरि पनि हत्या, हिंसा र जनधनको क्षति हुने भो भनेर आमजनताले, सबै क्षेत्रले विरोध चिन्ता र खबरदारी गरिरहेका छन् । तर, केपी–पिके र रामबहादुर थापा मण्डली नेकपालाई पागलले झैँ तथानाम गालीगलौजको भाषमा ‘लुटेरा समूह, आपराधिक समूह र आत.ककारी समूह’ समेत भन्दै बर्बराउँदै, कराउँदै र चिच्याउँदै विदेशी प्रभुहरु, साम्राज्यवादी शक्तिहरुको निर्देशनमा प्रहरी प्रशासनलाई आदेश र निर्देशन गरिरहेका छन् । नेकपा भनिने विप्लव समूहका कसैलाई नछोड्नु, जो भेट्यो, जहाँ भेट्यो, त्यो गोली हान्नु, सबैलाई गिरफ्तार गर्ने, दमन गर्नु आदि–इत्यादि घोषणा जारी गरेको छ । अहिले देशैभरि पार्टीका नेता, कायृकर्ता, समर्थक, शुभचिन्तक, विद्यार्थी, शिक्षण, बुद्धिजीवि, किसान र मजदुरलगायत सर्वसाधराण जनतालाई समेत व्यापकरुपमा दमन, धरपकड, गिरफ्तार, यातना झूठा मुद्दा लगाई जेल हाल्ने, कब्जामा लिएर गोली हानेर निहत्था जनताको अमानवीय ढङ्गले गैरन्यायिक हतया गर्ने जसता चरम् फासीवादी, आपराधिक र मानवताविरोधी कार्य गर्दै राज्य आतंक नै मच्याइरहेका छन् । उनीहरुले नै भनेको कानुनी शासनको, संविधान र कानुनको खिल्ली उडाएका छन् । जनविरोधी भए पनि संविधान र कानुनले दिएको सीमित अधिकार शान्तिपुर्ण भेला हुन पाउने, कार्यक्रम गर्न पाउने, संगठन, पार्टी खोल्न पाउने जनविरोधी सरकारको विरोध गर्न पाउने नेपाली जनताको अधिकारको समेत ठाडै उल्लंघन गरेका छन् । आफ्नो ‘लुटको स्वर्ग’ को विरोध गर्ने सबैलाई दमन, गिरफ्तार र हत्या गर्ने राज्य आतंक मच्याउने यही त हो, फासविाद भनेको । दलाल सामाजिक फासीवादीहरुको विशेषता नै यही हो ।
आज नेकपाका नेता–कार्यकर्ता र सर्वसाधराण जनतालाई प्रहरीले समातेर यातना दिएर गोली हानी काल्पनिक मुठभेडो नाममा गैरन्यायिक हत्या गरिरहेका छन् । प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर मण्डली लोकतन्त्रको रक्षाको लागि गोली हान्नु परेको, मान्छे मारेको भनेर संसद्मा समेत भनिरहेका छन् । के लोकतन्त्रको रक्षा वहानामा गोली ठोक्न, जनता मार्न पाइन्छ ? यही हो लोकतन्त्र ? लोकतन्त्रमा फरक विचार, आस्था राख्नेलाई गोलि हान्न, हत्या गर्न पाइन्छ ? यो कहाँको लोकतन्त्र हो ? जनताको अधिकार, समानता, स्वतन्त्रता, स्वाधीनता, समृद्धि, न्याय, परिवर्तन र वैज्ञानिक समाजवादको कुरा गर्दा प्रतिबन्ध लगाउने, गोली हानी हत्या गर्ने कस्तो लोकतन्त्र हो यो ?
के यही हो लोकतन्त्र ? यो त मुठ्ठीभर दलाल, भ्रष्ट, तस्कर, माफिया , विचौलिया, दलाल पुँजीवादी र साम्राज्यवादीका दलाल राष्ट्रघाती, जनघाती र जनहत्यारा केपी–पिके र रामबहादुर मण्डलीको लुटको स्वर्ग हो । लुटको स्वर्ग बचाउन र आफ्नो सत्तास्वार्थको लागि तथा आफ्नो कमजोरी रअ सफलताको ढाकछोप गर्न मुलुकलाई युद्धमा धकेलेर नेपाललाई पेरु र श्रीलंका (गोञ्जालो र प्रभाकरण) बनाउने ठूलो षड्यन्त्र र धृष्टता गरिरहेका छन् । संसारभरिका फासीवादीहरुले गर्ने यही हो । जो केपी–पिके र रामबहादुर मण्डलीले गरिरहेका छन् । अहिले देश र जनताले भोग्नु परेको समस्या दलाल पुँजीवादी संसदीय व्यवस्था र दलाल सामाजिक फासीवादीहरुको विशेषता र चरित्रको उपज हो ।
केपी–पिके–रामबहादुर मण्डलीको सरकार बनेदेखि नै राष्ट्रघाती, जनाती काम गर्दै आएको छ । साथै, महँगी, भ्रष्टाचार, कालोबजारी, तस्करी, लुटखसोट, विचौलिया, माफियाकरण, दलालीकरण, हतया, हि)सा, बलात्कार, दमन, धरपकड, गिरफ्तार, भूmठा मुद्दा लगाउने जे कोच्ने, सर्वसाधराण जनतालाई दुःख दिने, भय, त्रास आतंक सिर्जना गर्ने, राज्य आतंक मच्याउने तथा निर्मला पन्त, वाइडबडी, सुनकाण्ड, एनसेल, बालुवाटार, खुलामञ्च, गुठी, सरकारी र सार्वजनिक जग्गा माफियालगायत काण्डैकाण्ड र आतंकै–आतंक मच्याउँदै आएको छ । झनै नेकपालाई प्रतिबन्ध लगाएर देशैभरि अघोषित संकटकाल नै लगाएको छ । सैयौँ नेता, कायृकर्ता र सर्वसाधराण जनतालाई व्यापकरुपमा दमन, धरपकड, गिरफ्तार, हत्या, हिंसा र झूठा मुद्दा लगाई जेलमा कोच्ने गरिरहेको छ । गत जेठ ७ गते भोजनपुरमा तीर्थराज घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएर चरम् यातना दिई काल्पनिक भीडन्तको नाममा गोलि हानेर निर्मतापूर्वक हत्या गरेको छ । यही असार ५ गते नेकपाका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेललाई प्रहरीले समातेर चरम् रुपमा कुटपिट, यातना, दिई हातखुट्टासमेत ३–४ ठाउँमा भाँचेर अनि गोली हानेर कालपनिक मुठभेडको नाममा निर्मतापूर्वक कायरतापूर्ण गैरन्यायिक हत्या गरेको छ । यो हत्यकाण्डलाई असाध्यै आततायी र घोर मानवताविरोधी घटनाका रुपमा लिनुपर्दछ । यो हत्याकणडले केपी–पिके–रामबहादुर मण्डलीको अपराधिक र फासीवादी हर्कत र चरित्र प्रष्टरुपमा उजागर भएको छ । अन्ततः यो हतयाकाडले यो सरकार र केपी–पिके र रामबहादुर मण्डली नै आतककारी र दलाल सामाजिक फासीवादी हुन भन्ने यथार्थ छर्लङ्ग भएको छ । त्यसैगरी, यही असार २७ गते भोजपुरका नीरकुमार राई, ओखलढुङ्गाका जिल्ला इञ्चार्जलाई भोजपुर सदरमुकाममा आफ्नो परिवारलाई भेटघाट गर्न आउँदा सादा पोशाकका प्रहरीले गिरफ्तार गरी काल्पनिक दोहोरो, भिडन्तको नाममा गोल िहानी हत्या गरियो । यसरी पार्टीमाथि प्रतिबन्ध लगाएर चरम् दमन, धरपकड, गिरफ्तार, झुठा मुद्दा लगाई जेल कोच्ने र नियन्त्रणमा लिई गैरन्यायिक हत्या गर्ने र काल्पनिक दाहोरो भिडन्त भन्दै जनतालाई भूmट र दिग्भ्रमित पार्ने काम दलाल फासीवादी केपी–पिके–रामबहादुर मण्डली सरकारको दिनचर्या नै बनेको छ । दलाल फासीवादी सरकारले गरेको चरम् दमन, धरपकड, गिरफ्तारी, हत्या र राज्यआतंककाविरुद्ध चौतर्फीरुपमा विरोध, खबरदारी र प्रतिरोध भइरहेको छ । संसद्मा समेत प्रतिपष र सत्रापषकै सांसद्हरुले समेत व्यापकरुपमा विरोध र संसदीय छानबिन समिति बनाई घटनाको सत्यतथ्य छानबिनको माग गर्दै संसद्को रोष्टम घेर्ने र चल्नै नदिने अवरोध भइरहेको छ । यो धेरै सकारात्मक छ ।
इतिहास हेर्दा तत्कालीन परिस्थितिमा कुनै बेला राणाहरु, पञ्चेहरु र राजाहरुले पनि राजनीतिक पार्टीहरुलाई प्रतिबन्ध लगाएका थिए । दमन, गिरफ्तार, जेलनेल, हत्या पनि नगरेको होइनन् । तर, यति धेरै चरम् दमन, गिरफ्तार झूठा मुद्दा, हत्या, भय, त्रास र राज्य आतंक सिर्जना गरेका थिएन । परन्त, त्यतिबेलाको शासन व्यवस्था एक दलीय निरंकुश थियो । अहिलेको जस्तो कथित बहुदलीय लोकतन्त्र थिएन । तथापि आजको जस्तो चरम् ज्यादति, दमन, हत्या, हिंसा, संकट र भ्रष्टतन्त्र त्यति थिएन । यदि यस्तै स्थिति हो भने राणा शासन, पञ्चायती शासन, निरंकुश राजतन्त्र र लोकतान्त्रिक गणतन्त्रमा के फरक ? राणा, पञ्चे, राजामहाराजाहरु र केपी–पिके–रामबहाुदर मण्डलमिा के फरक ? शासनशैली, संस्कार, व्यवहार र चरित्रमा बिलकुलै भिन्नता देखिएको छैन । झन् राष्ट्रघाती, जनघाती, भ्रष्ट, दलाल फासीवादी र हत्यारा सावित हुँदै आएका छन् । केपी–पिके–रामबहादुर मण्डलीले झैँ, राणा शासनको विरोध र परिवर्तनको कुरा गर्दा राणाहरुले बीपी, गणेशमान र कृष्णप्सादट्टराईरुलाई मारेको भए के हुन्थयो ? पञ्चायत र पञ्चेहरुको विरोध र परिवर्तनको कुरा गर्दा केपी, गिरिजा, शेरबहादुरहरुलाई गिरफ्तार गरेर हत्या गरेको भए के हुन्थ्यो ? आज प्रधानमन्त्ती भएर जनतालाई गोली ठोकेर हतया र दमन गर्ने आदेश दिन पाउँथे ? यदि जनयुद्ध गर्दा पिके–रामबहादुर मण्डललिाई केपी, गिरिजा, शेरबहादुरहरुले गिरफ्तार गरी गोली हानी हत्या गरेको भए के हुन्थ्यो ? आज उही पुरानै दलाल पुँजीवादी संसदीय व्यवस्थाको प्धानमन्त्री र गृहमन्त्री भएर जनता मार्दै आलिसान दरबारमा बसेर मोजमस्ती, सुख, सुविधा र अर्बपति बनेर साइरन बजाउँदै हिँड्न पाउँथे ? अहँ, पाउँदैनन् थिए । यो कुरा केपी–पिके–रामबहादुर मण्डलीले बुझ्नु पर्दैन ? आफ्नो लुटको स्वर्ग बचाउन र सत्तास्वार्थको लाग दलाल भ्रष्ट केपीपिके–रामबहादुर मण्डलीले राष्ट्र र जनतालाई यतिसम्म धोका र गद्दारी, राष्ट्रघात र जनघात गर्छन् भनेर सायद जनताले कल्पना पनि गरेका थिएनन् होला । तर, राणाहरुले हत्या, दमन, गिरफ्तार भूmठा मुद्दा, जेलनेल र प्रतिबन्ध लगाएर के राणा शासन रह्यो ? पञ्चेहरुले पनि हत्या, हिंसा, दमन, गिरफ्तार, झूठामुद्दा र प्रतिबन्ध नलगाएका होइनन् तर, के पञ्चायती व्यवस्था टिक्यो ? टिकेन ढल्यो । जनयुद्धमा माओवादीलाई एमाले( केपी) ले, काँग्रेस र पछि निरंकुश राजतन्त्रले आत.ककारी घोषणा गरी प्रातिबन्ध लगाई टाउकाको मूल्य तोक्ने, चरम् दमन, धरपकड, गिरफ्तार, झूठा मुद्दा, हत्या, हिंसा र राज्यआत.क मच्याएर १७ हजार मान्छे मारेकै हुन् । तर, उनीहरुले नै संसारको उत्कृष्ट भनेको बहुदलीय संवेधानिक राजतन्त्रात्मक व्यवस्था र पछि निरंकुश राजतन्त्र रहेन, अन्त्य भयो । तथापि राजतन्त्रको अन्त्य भए पनि त्यसको अवशेष बाकी नै छ । शासनशैली, संस्कार, संस्कृति र चरित्रजस्ताको त्यस्तै छ । आज केपी–पिके मण्डलीले लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति, सुशासन, विकास, समृद्धि, सुखी नेपाली र समाजवाद तथा जनताको अधिकारको कुरा जति धेरै गरे पनि गोयबल्सशैलीमा जनतालाई जति धेरै झूठ र भ्रम छरे पनि राज्यको आमूल परिवर्तन भएकै छैन । जनताले समानता, स्वतन्त्रता, मुक्ति र अधिकार पाएका छैनन् । जनताको चाहना, अपेक्षा, आकांक्षा र आवश्यकता पूरा भएको छैन । देश स्वाधीन र स्वतन्त्र भएको छैन । यो यथार्थ केपी–पिके–रामबहादुर मण्डलीले राम्रोसँग बुझ्नु जरुरी छ । जबसम्म देश स्वाधीन र स्वतन्त्र हुँदैन, जनताको समाता, मुक्ति र अधिकार पप्त हुँदैन, तबसम्म हजारौँ विद्रोह र क्रान्ति अनिवार्य हुन्छ । त्यसकारण राष्ट्र र जनविरोधी शासनसत्ताको अन्त्य पनि अवश्य छिट्टै हुनेछ ।
दलाल पुँजीवादी संसदीय व्यवस्था देश र जनताको हित, स्वाधीनता, स्वतन्त्रता, समृद्धि समानता, अधिकार र मुक्ति पप्त गर्ने व्यवस्था बिलकुल होइन र हुनै सक्दैन । तसर्थ, देश र जनताको हितको लागि वैज्ञानिक समाजवादको विकल्प छैन । आज शान्ति, सुशासन, विकास, समृद्धि, स्वाधनिता, समानता, अधिकार मुत्तिको कुरा गर्दा, जनताको गाँस–बास, कपास, निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारकिो माग गर्दा, राज्यको आमूल परिवर्तनको निम्ति एकीकृत जनक्रान्तिको माध्यमद्वारा वैज्ञानिक समाजवादको सथापना आजको आवश्यकताको बारेमा बहस, छलफल गर्दा नेकपामाथि प्रतिबन्ध लगाउने ? यही हो केपी–पिके–रामबहादुर मण्डलीको लोकतन्त्र र गणतन्त्र ? दलाल, पुँजीवादी, भ्रष्टाचारी, कमिशनखोर, ककालाबजारी, तस्कर, मानवतस्कर, लुटेरा, माफिया, विचौलिया र राज्यको कर नतिर्ने एनसेललगायत बहुराष्ट्रिय कम्पनीहरु जो सुविधाको नाममा नेपाल र नेपाली जनतालाई चुस्न र कंगाल बनाउन मरिमेटेर लागेका छन्, जसमध्ये उनसेलले राज्यलाई झण्डै एक खर्ब कर तिरेको छैन, त्यसलाई तिर्नको लागि चेतावनीस्वरुप जनकारवाही गर्दा साम्राज्यवादी शक्तिको निर्देशनमा साम्राज्यवादीका दलाल केपी–पिके र रामबहादुर मण्डलीको कमाउस्टि सरकारले नेकपालाई प्रतिबन्ध लगाएको हो ।अ र्को कुरा केपी–पिकेबीच स्वार्थ, पद र लेनदेनको भागण्ढडा नमिलेका कराण चरम् अन्तरविरोध र झगडा चर्केपछि पार्टीभित्र व्यापकरुपमा गुट, उपगुट, विरोध, असन्तुष्टि, निराशा, अराजकता र गैरराजनीतिक हर्कतहरुका कराण पार्टी पुरे अलगथलग र लथालिङ्ग अवस्थामा पुगेको छ । पार्टीको एकताले पूर्णता नपाउँदै फुटको संघारमा पुगेको छ । पार्टी र सरकारको पूरे असफलता र अलोकप्रियताले गर्दा पार्टीभित्र र बाहिर विरोध, असन्तुष्टि, आशंका र विद्रोह बढ्दै गएको छ । अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र सहकार्यमा पनि ठूलो समस्या असफलता र आशंकाशहरु पैदा भएको छ । तसर्थ, केपी–पिके–रामबहादुर मण्डलीले आफ्नाृे र सरकारको असफलता र कमजोरीको ढाकछोप गर्न एवं जनताको ध्यान र विषयवस्तुर्ला डाइभर्ट गर्न, भ्रमित पार्न प्रतिबन्ध, हत्या, हिंसा, दमन, र षड्यन्त्र रचिएको हो ।
अर्को कुरा केपी–रामबहादुर मण्डलीले नेकपालाई ‘लुटेरा समूह, आपराधिक समूह र आतंककारी समूह’ समेत भन्दै गम्भीर आरोप र गालीगलौज गर्दै हिँडेका छन्, जो प्रप्तिबन्ध, दमन, गिरफ्तार र हत्या, हिंसाको लागि गरिएको षड्यन्त्र नै हो । आरोपमा कुनै तथ्य र आधार छैन । योक पोलकल्पित, झूठा, भ्रमित र अराजनीतिक आरोप हो । यो प्रतिबन्ध, दमन र हत्याको वातावरण बनाउन र सुरषा निकायलाई उक्साउन, उत्तेजित गराउन रचिएको खेल हो भन्ने कुरा स्ष्ट भएको छ । यदि नेकपाले पार्टी, आन्दोलन र परिवर्तनका लागि व्यापारी, व्यवसायीहरुसँग स्वेच्छिक सहयोग लिँदा लुटेरा समूह भन्ने हो भने राज्य र जनताको शोषण, दोहन गर्ने, राष्ट्रिय ढुकुटीबाट अर्बौं लुट्ने, भ्रष्टाचार गर्ने, दलाल पुँजीपति, माफिया, विचौलिया, तस्कर, ठेकेदार, कालाबजारीबाट अर्कौं कमिसन खाने एनसेलबाट मात्रै २० अर्ब कमिसन लिने, दुईवटा वाइडबडी जहाज खरिद गर्दा झण्डै पाँच अर्ब भ्रष्टाचार गर्ने र राष्ट्रघात, जनघात गरेर अर्बौंअर्ब कमाउने र लुट्ने केपी–पिके–रामबहाुदर मण्डली लुटठेरा हुन कि ? नेकपा ? केपी–पिके–रामबहादुर मण्डलीलाई नेकपार्ला ‘लुटेरा समूह’ भन्न अलिकता पनि लाज लाग्नु पर्दैन ? अलिकता पनि नैतिकता र इमानदारिता भन्ने कुरा नभएका ‘नकचरा’, भ्रष्ट दलाल, फासीवादीहरुलाई केको लाज, सरम ! झापा आन्दोलन, जनयुद्ध र लोकतन्त्र–गणतन्त्रको नाममा हजारौा जनताको हत्या गर्ने हजारौँलाई बेपत्ता पार्ने हालै सर्लाहीका कुरमा पौडे , भोजपुरका तीर्थराज घिमिरे र नीरबहादुर राईलगायत सैयौँको गोलि हानेर, हत्या गर्ने, सर्वसाधारण जनतालाई दमन, धरपकड, गिरफ्तार, झूठा मुद्दा र हत्या,हिंसा, बलत्कार र राज्य आतंक मच्याउने, जनतामा भय र त्रास सिर्जना गर्ने केपी–पिके–रामबहादुर मण्डली ‘आपराधिक र आतंककारी समूह’ हुन् कि, नेकपा ? यो इतिहास र भविष्यले नै बताउनेछ । यसको सही मूल्यांकन जनताले नै गर्ने छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु