खेलको नाममा साम्राज्यवादी गुटका समर्थक भैरहेका त छैनौं ?– बलराम तिमल्सिना

२०७५ असार १ गते, शुक्रबार

खेल वास्तवमा मनोरन्जनको क्षेत्र नै हो । तर खेलको पनि राष्ट्रियता र वर्ग हुन्छ होला । अहिलेको विश्वकपको उत्सव कुन वर्गको हो ? अठार घण्टा काममा जोतिने श्रमिकले चाहेर पनि यो खेलबाट कति मनोरन्जन लिन सक्ला ? या उसले यही खेल हेर्नकै लागि प्रत्येक वर्ष नयाँ टेलिभिजन किन्न र खेलको प्रत्यक्ष प्रशारणको पूरै अवधी झुम्मिएर बस्न पाउला नपाउला ?
यो खेलबाट मनोरन्जनका अतिरिक्त नाफा ककस्ले कमाउँछन होला र को को खेल सकिएको समयमा थप ऋणको मारमा पर्लान ?
हामीहरू यो या त्यो टिमको पक्षमा उभिनुको कुनै वर्गीय , विचारधारात्मक या राष्ट्रिय तर्क पनि होला कि साम्राज्यवादले तयार पारेको विभ्रमको शिकार भएर खेल प्रेमी वनिराख्न कतै उभिनु पर्ने होला ?
यो खेलको अवधीमा विक्ने अरवौं टि-शर्ट र बग्ने खरवौं खरवको मदिराको हिसाव किताव कता जान्छ होला ?
यो खालको विश्व कपमा बहुराष्ट्रिय कम्पनीका मालिकदेखि तिनका दुखी ग्राहकसम्म बराबरी रोमाञ्चित देखिने परिदृश्यभित्र बर्ग चिन्तन भन्ने कुरा कता गायव हुन्छ होला ?
एउटै विचारका भनिएका मानिसहरू दशौं देशका टिमको पक्षमा विभाजित हुन कुन विचारले काम गरेको हुन्छ होला ? र त्यो विभाजन गर्ने विचार कति वैज्ञानिक होला ?
जस्ले जित्ने संभावना छ उसको पक्षमा उभिने हो भने अरु क्षेत्रमा पनि जित्नेकै पक्षमा उभिनु ठीक हो भन्ने सिध्दान्त बनाए कति सही होला ?
मलाई लाग्छ – आजबाट सुरु भएको विश्वकप खेल त हो तर खेल मात्र होइन वरु व्यापार र राजनीति पनि हो । जसरी कलाको लागि कला भनिने सिध्दान्त चरम प्रतिकृयावादी छ त्यसै गरी खेलको लागि खेल भन्ने सिध्दान्त पनि प्रतिकृयावादी नै छ । खेलको अर्थराजनीतिक अध्ययन र विश्लेषण नगरी दशैंको मुखमा उफ्रिएका ससाना नानीहरू जस्तै उफ्रिएका युवाहरू देख्दा म आश्चर्य चकित परेको छु ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु