खुनको बदला खुन, गोलीको बदला गोली – चिरन पुन ‘मिलन’

२०७६ चैत्र ९ गते, आईतवार

विषय प्रवेश
निकम्मा राज्यको सामाजिक दलाल फासीवादी दमन र षड्यन्त्रलाई वेपर्वाह चिर्दै हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा एकीकृत जनक्रान्ति अघि बढिरहेको छ । हाम्रो पार्टीको जनप्रिय नीति–कार्यक्रम र कार्यबाट अतालिएको केपी सरकार हाम्रो पार्टीमाथि प्रतिवन्ध लादेर फासीवादी दमनमा उत्रिएको छ । क्रान्तिप्रेमी नेता, कार्यकर्तालाई गिरफ्तार गरेको छ । झुठा मुद्दामा फसाएको छ । पञ्चायत विर्साउने गरी देशभरका प्रहरी हिरासत र जेलहरुमा डुलाएको छ । चरम प्रकारका शारीरिक तथा मानसिक यातना दिएको छ । क्रान्तिप्रेमी जनसमुदायलाई आतङ्कित पारेको छ । गोली हानेर मारेको छ । यस प्रकारका घटनाहरु अघि बढिरहँदा दुस्मनसँग नझुकी छातीमा गोली थापेर सहिद हुने कमरेड कुमार पौडेल, कमरेड तिर्थ गौतम, कमरेड निरकुमार राई ‘अमृत’, कमरेड धनरुप बटालालगायतको बलिदान एकीकृत जनक्रान्तिको अमूल्य दिशा–निर्देश सावित हुनेछ । अवश्य कमरेडहरुको अमूल्य बलिदानको बदला नेपाली क्रान्तिले लिने नै छ ।
आज हामी कमरेडहरुको बलिदानलाई स्मरण गरिरहेका छौ । सहिदको सपनालाई पूरा गरिछाड्ने प्रतिवद्धता लिएका छौ । कमरेडहरु सहिद हुनुभएको छ । तपाईहरुको बलिदान पहाड जस्तो ओझिलो र गह्रौँ छ । जसले देश, जनता र क्रान्तिको लागि बलिदान गर्दछ उसलाई युगयुगसम्म जनताले स्मरण गरिनै रहन्छन् । यसै सन्दर्भमा नेपाली जनताले खुनको बदला खुन र गोलीको बदला गोली भन्ने दिन आएको छ । दलाल पुँजीवादी, तिनका मतियार, भ्रष्ट जनविरोधी र षड्यन्त्रकारीहरु संसारभर जहाँ भागे पनि, जहाँ लुके पनि, जहाँ पुगे पनि, जेल नेल झुठा मुद्दाहरु थोपरे पनि, हत्या दमन गरे पनि, क्रान्तिकारीहरुको शिर छिनालेर लगे पनि एक दिन त्यसको बदला एकीकृत जनक्रान्तिले दिने छ । यही परिवेश र कमरेडहरुको बलिदानको स्मरणमा मैले एउटा गीत÷सङ्गीत तयार पारेको छु । “खुनको बदला खुन लिनुछ गोलीको बदला गोली दिनुछ” । यो लेखको सान्दर्भिकतासहित यही गीतबाट यो लेखको आरम्भ गरिएको छ ।
खुनको बदला खुन लिनुछ, गोलीको बदला गोली दिनुछ
कुमार, तिर्थ मार्नेहरुलाई, क्रान्ति रोक्न आउनेहरुलाई
धनरुप, अर्मत मार्नेहरुलाई, क्रान्ति छेक्न आउनेहरुलाई
खुनको बदला खुन गोलीको बदला गोली

चाहे होस् पुलिसको बर्दिभित्र छोपिएको दुश्मन
चाहे होस् राजनीतिको आवरणमा बेरिएको गोमन
माटो मुनि लुके पनि
पानी भित्र डुबे पनि
आकाशमाथि उडे पनि,
देशै छाडी भागे पनि
खुनको बदला खुन, गोलीको बदला गोली

चाहे ल्याउ दलालका हजार – हजार षड्यन्त्रका ताना
हेर्दै जाउँ क्रान्ति भित्र क्रान्ति जित्ने क्रान्तिकारी शान
जेल भित्र थुने पनि
आलो रगत पिए पनि
माशु लुछी खाए पनि
शिर काटी लए पनि
खुनको बदला खुन गोलीको बदला गोली ।
फासीवादी दमनका घृणीत नमुना
नालायक केपी – वादल गृह प्रशासनको प्रत्यक्ष निर्देशनमा प्रहरी भित्रका गद्दार र मतियार प्रहरीहरुलाई प्रयोग गरेर योजनाबद्ध घटनाहरु घटाएका केही उल्लेख्य सन्दर्भहरुलाई यहाँ चर्चा गर्न लागिएको छ । देशभर दलाल पुँजीवादी राज्य आतङ्क, झुठा मुद्दा, जेल–नेल, गिरफ्तारी, अदालतको रिहाइ गर्ने आदेश गेटैमा पुन ः गिरफ्तार जस्ता प्रकृया त छँदैछ । कैयौँ कमरेडहरुले बलिदान दिइसक्नु भएको छ । कैयौँ कमरेडहरु जेल र नेलको कहर बेहोरिरहनु भएको छ । कैयौ कमरेडहरु वारेन्टेट हुनुहुन्छ । यस प्रकारका गतिविधिहरु त छँदैछ, यहाँ उल्लेख गर्न खोजिएको सन्दर्भहरु छन् जसले कानुनी राज्यको खिल्ली उडाएको छ । मानव अधिकारको दृष्टिले अत्यन्त निकिृष्ट र घृणित प्रकृतिको छ । कथित लोकतन्त्र र गणतन्त्रको धज्जी उडाउने प्रकारको छ । फासिस्ट चरित्रलाई चित्रण गर्ने अवस्थाको छ । सत्ताधारीको फासीवादी षड्यन्त्रलाई उदाङ्गो पार्ने किसिमको छ । केपी – वादल गृह प्रशासनको खुनी चरित्रलाई चित्रण गर्ने प्रकारको छ । जो भत्र्सना योग्य छ । खेदजन्य छ । निकृष्ट छ । खुनी छ । आततायी छ । त्यसैले यी घटना र सन्दर्भहरुलाई यहाँ प्रस्तुत गर्नैै पर्ने भएको छ ।
१. हाम्रो जनप्रिय पार्टीका जनकपुर ब्यूरो सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज कमरेड कुमार पौडेललाई प्रहरीले गिरफ्तार ग¥यो । कानुनी प्रक्रियाहरुलाई लत्याउँदै त्यही चरम कुटपिट ग¥यो । ५–७ स्थानमा हात भाँचिदियो । अनि टाउको लगायत शरीरका विभिन्न भागहरुमा गोली हानेर कायरतापूर्वक हत्या ग¥यो । यो केपी – वादल गृह प्रशासनको अत्यन्त निन्दनीय र भत्र्सनायोग्य कार्य हो । त्यो कायरतापूर्वक हत्या घटनाका बारेमा गृहमन्त्रीले संसदमा साँसदहरुको जवाफ दिन पुगे दोहोरो मुठभेडमा कुमार पौडेलको मृत्यु भयो । घटनाका बारेमा मानवअधिकारवादी संघसंस्थाहरुले आफ्नो स्पस्ट अभिमत दिइसकेको र, त्यस घटनाका सबै सन्दर्भहरु बाहिर सार्वजनिक भइसकेकै छन् । त्यो घटनाका लागि निर्देशन दिने, त्यो घटनामा सहभागी हुने प्रहरी, राजनीतिक दलालहरु लगायत सम्पूर्णको पहिचान भएको पनि छ । परिवारको तर्फबाट अदालतमा किटानी मुद्दा दर्ता पनि गरिएको सन्दर्भ छ । अव त्यो घटनामा सहभागी देखिएकाहरु र घटना घटाउन उद्यत हुने र निर्देशन दिनेहरुलाई सरकारले के कारवाही गर्ला त ? सवै जनमनको जिज्ञासा पनि छ । राज्यले अपनाएको यस प्रकारको आततायी हत्याकाण्डको जिम्मेवार कस्ले लिने हो ? हत्याकाण्ड घटाउन निर्देशन गर्ने गृहमन्त्री वा प्रहरी प्रमुख, वा सिडियो, वा एसपी, वा हत्याकाण्डमा सहभागी हुने प्रहरीहरु वा स्थानीय राजनीतिक दलालहरु वा अन्य कोही उनीहरुलाई के कारवाही हुन्छ त ? प्रश्न यहाँ उठेको छ ।
कमरेड कुमार पौडेलको हत्याकाण्ड मच्चाउने पात्रहरुलाई कारवाही गर्नु पर्छ कि पर्दैन ? उनीहरु दोषी हुन् कि होइनन् अब लुकेको विषय छैन । मानवअधिकारकमीहरुको सही र स्पस्ट दृष्टिकोण र हत्याकाण्डको सम्पूर्ण तत्थ्यहरु सार्वजनिक भैसकेको अवस्थामा यदि राज्यले दोषीहरुलाई कारवाही गर्दैन भने, जनताले उनीहरुलाई कमरेड कुमार पौडेललाई त्यसैगरी हातखुट्टा भाचेर टाउको र शरीरका विभिन्न भागहरुमा गोली हानेर हत्याको बदला हत्या भन्ने अवस्था आयो भने त्यसको जवाफ केपी –वादलहरु र गृह प्रशासन र त्यसका मतियारहरुले दिनु पर्दछ । राज्यले गिरफ्तार गरिसकेपछि कानुनी प्रकृयाहरु हुँदाहुँदै यस प्रकारको आततायी, खुनी हत्याकाण्डले यो राज्य र सरकारको चरित्रलाई बुझ्न र जान्न जो कसैलाई पनि मुस्किल पर्दैन । क्रान्तिकारीहरुले दुश्मनहरुसँग जीवनको भिख मागेर बाच्ने होइन कि खुनको बदला खुन र गोलीको बदला गोलीको जवाफ दिनु निर्विकल्प बाटो खुलेको छ ।
२. भोजपुर जिल्लाको सदरमुकाममा पार्टीको योजनालाई कार्यान्वयन गर्न जाने सन्दर्भमा सगरमाथा ब्यूरो सदस्य तथा सेक्रेटरी कमरेड निरकुमार राई ‘अमृत’लाई प्रहरीले गिरफ्तार ग¥यो । गिरफ्तार गरिसकेपछि गोली हानेर हत्या गरियो । यसले मानवअधिकारको उपहास त ग¥यो नै कथित कानुनी राज्यको पनि खिल्ली उडाएको छ । यदि प्रहरीलाई गिरफ्तार गरिसकेपछि गोली हानेर हत्या गर्ने अधिकार छ भने जनतालाई त्यसको प्रतिकार गर्ने अधिकार हुन्छ हुँदैन ? बन्दुकको बदला बन्दुक भन्ने अधिकार जनतालाई रहन्छ कि रहँदैन ? गोलीको बदला गोली भन्ने विषय नागरिकलाई छुट हुन्छ कि हुँदैन ? खुनको बदला खुन भन्ने बाटो खुल्छ कि खुल्दैन ? यी प्रश्न ज्वलन्त बनेको छ । राज्यले गिरफ्तार गरिसकेपछि निन्दनीय र कायरतापूर्वक हत्या गरिएको दोश्रो घृणित नमुनायोग्य सन्दर्भ बनेको छ यो ।
३. सोलुमा खुल्ला राजनीतिक अभियानका दौरानमा रहेका पार्टीका सदस्य र जनमुक्ति सेनाका सदस्य कमरेड तिर्थ गौतमलाई पनि त्यसैगरी प्रहरीले गिरफ्तार गरेर गोली हानेर मा¥यो । हातमा बन्दुक छ भन्दैमा निर्दोष नागरिकमाथि यसरी हत्या गर्दै जाने छुट केपी –वादल गृह प्रशासनलाई किन हुन्छ ? खुनको आहालमा रमाउन चाहने दलाल पुँजीवादी मतियारहरुले घटाएको तेश्रो खुनी घटना हो यो । अब प्रश्न उठेको छ । यस प्रकारको आततायी घटना घटाउनेहरुलाई राज्यले कस्तो कारवाही गर्ने ? कारवाही गर्ने कि नगर्ने ? राज्यले उनीहरुलाई कारवाही गरेन भने जनताले अब के गर्ने ? मुखमा चुकुल ठोकेर बस्ने वा बन्दुकको बदला बन्दुक समाउने । खुनको बदला खुन लिने नीति लिने । फासीवादी सरकारले जनतालाई एकतर्फीरुपमा लादेको युद्धको बदला क्रान्तिले लिने कि निरीह बनेर बस्ने आजको वस्तुगत राजनीतिक परिवेशले खोजेको जवाफ हो यो । राजनीतिक अभियानमा रहेका कार्यकर्तालाई यसरी राज्यले गिरफ्तार गर्ने र हत्या गर्दै जाने अनि उनीहरुनै असनको साँडेजस्तो गरी घुम्ने छुट अवश्य दिनुहुँदैन । यस्तो परिस्थितिमा जनतालाई बन्दुक बोक्ने छुट अवश्य हुनेछ । प्रतिवादमा गोली ठोक्ने र बम पड्काउने अधिकार अवश्य रहने छ । राज्यको घटाएको यो तेश्रो र घृणित खुनी कदम बनेको छ ।
४. कतिथ स्थानीय चुनाव बहिस्कारको दौरानमा मालकोट–कालिकोटमा धनरुप बटालालाई प्रहरीले त्यसैगरी गोली हानेर हत्या ग¥यो । त्यसका दोषीहरुलाई आजसम्म पनि कारवाही हुन सकेको छैन । यो राज्यले गैरकानुनी रुपमा घटाएको चौथो घटना आततायी तथा अमानवीय घटना हो ।
५. कपिलवस्तु जिल्लाको शिवगढीमा संयुक्त गस्तीका दौरान कमरेड दुर्गा रानालाई आफ्नै घरमा बसिरहेकै अवस्थामा गिरफ्तार गरियो । प्रहरीले आफ्नो चौकीमा लगिसकेपछि ट्वाईलेटमा लगेर पछाडिबाट खुट्टामा गोली हानियो र कमरेड दुर्गा रानालाई घाइते बनाइयो । कानुनको निकै दुवाईदिने केपी सरकार र उसका मतियारहरुले आफ्नै कानुनको धज्जी उडाउने कार्य भयो । जुन कार्यले राज्यले अवलम्वन गरेको मानवअधिकारको प्रश्नलाई समेत उजागर पारेको छ । आजसम्म पनि कमरेड दुर्गा राना घाईते अवस्थामा जेलमा हुनुहुन्छ । यस प्रकारको निन्दनीय कार्यको जति विरोध र भत्र्सना गरेपनि कमै हुन्छ । यस प्रकारको घटनाले लोकतन्त्र र कानुनी राज्यको उपहास गरेको मात्रै छैन । केपी मण्डलीको फासीवादी चरित्रलाई उदाङ्गो पारिदिएको छ ।
६. पार्टीका केन्द्रीय सदस्य कमरेड असल, ब्युरो सदस्य कमरेड राजिव, जनकपुर ब्युरो सदस्य कमरेड रोहित, कमरेड विमर्शलाई हप्तौँसम्म प्रहरीले गिरफ्तार गरिसकेपछि आँखामा कालो पट्टि बाँधेर घुमाउने कार्य भयो । चरम ढंगले कुटपिट गरियो । हात खुट्टामा पिनले रोपियो । मरणासन्न हुने गरी यातना दिइयो । खाना खान दिइएन । हप्तैँसम्म पारिवारिक भेटघाट गर्न दिइएन । जो कमरेडहरु आजसम्म पनि घाइते र अपाङ्ग अवस्थामा हुनुहुन्छ । यस प्रकारको दमनलाई फासीवादी दमन नभनेर के भन्ने ? खुनी कदम नभनेर के भन्ने ? यसलाई आततायी कदम नभनेर के भन्ने ? नेपाली जनताले यस प्रकारको राज्यको दमनको जवाफ मागिरहेका छन् । परिस्थितिले यस प्रकारको यातनाको बदला खोजिरहेको छ । अवश्य यस प्रकारको घटना शृङ्खलाहरुले खुनको बदला खुन र गोलीको बदला गोली भन्नु पर्ने परिवेशलाई जन्माउन खोजिरहेको छ ।
७. मेची कोशी ब्युरो सदस्य कमरेड लक्ष्मण पौडेललाई अस्पतालले क्यान्सरको उपचार प्रकृया अघि बढाउनु पर्ने सिफारिस गर्दा गर्दै पनि उपचारनै गर्न नदिएर दशौँ जिल्लाहरुको यातनासहित हिरासतमा घुमाउने कार्य गरियो । भने हाम्रो पार्टीसँग सम्वद्ध रहेको विद्यार्थी संगठनको केन्द्रीय कोषाध्यक्ष कमरेड नरेन्द्र विकलाई चरम यातनासहित हिरासतमा करेन्टको झड्का दिने कार्य भयो । यस प्रकारका आततायी घटना शृङ्खालाहरु कुनै पनि कानुनी राज्यको नैतिकता भित्र पर्ने विषय होइन । मानवअधिकारको दुवाई दिने र आपूmलाई कम्युनिस्ट भन्ने सरकारले घटाएको निकृष्ट, निन्दनीय र घृणित घटनाहरुको शृङ्खला बनेको छ ।
खुनी हत्याकाण्ड र पासविक यातनाको भुमरीमा केपी–बालद गृह प्रशासन फसेको छ । क्रान्तिप्रेमी जनतालाई आतङ्कित पारेर आफ्नो कम्युनिस्ट विरोधी फासीवादी चरित्र जनतासामु छर्लङ्गाएको छ । वैज्ञानिक समाजवाद विरोधी र क्रान्ति विरोधी खलनायक बनेर उभिएका छन उनीहरु । उनीहरु फासिस्ट दमनको हिमायती बनेका छन ।
नालायक राज्यको षड्यन्त्र र दमन
हाम्रो पार्टीको जनप्रिय दर्शन, नीति, सिद्धान्त, कार्यक्रमप्रतिको लोकप्रियताबाट अतालिएर यो नालायक सरकारले प्रतिवन्द लगाएको पनि १ बर्षको समय वितिसकेको छ । यसै दौरानमा कमरेड कुमार, कमरेड तिर्थ, कमरेड निरकुमार, कमरेड महान, कमरेड दिपेन्द्र, कमरेड निरन्तर, कमरेड प्रज्वल, कमरेड रविन, कमरेड रामस्ािंह कमरेड धनरुप, कमरेड सनराईजले उच्च साहदत प्राप्त गरिसक्नु भएको छ । एकीकृत जनक्रान्तिका दौरान कमरेडहरुको उच्च बलिदानले वैज्ञानिक समाजवादको अनिवार्यतालाई झनै मार्ग निर्देश गरेको छ । सहिदहरुले कहिल्यै नझुक्ने शिर, कहिल्यै नडग्ने विचार, कहिल्यै नथाक्ने एकीकृत जनक्रान्तिको यात्रा, कहिल्यै नगल्ने प्रतिवद्धता, कहिल्यै नढल्ने हिम्मत, कहिल्यै नमर्ने सहिदको बलिदानलाई आज क्रान्तिले उच्च सम्मानका लागि प्वाँख जस्तो हलुङ्गो होइन, पहाड जस्तो ओझिलो र गह्रौँ बलिदानको मूल्यबोघ गरेको छ ।
पाखण्डी केपी मण्डलीले थोपरेको प्रतिवन्धकै दौरान कमरेड सुदर्शन, शिलु, रणवीर, माइला, प्रज्वलन, बुन्धु, हितमान, आर्दश, दिपेशलगायत सयौंजना कमरेडहरुलाई विभिन्न झुठा मुद्दाहरु थोपरेर जेल—हिरासतमा बन्दी बनाइएको छ । गिरफ्तार कमरेडहरुले पार्टीको नीतिअनुसार जेलको मोर्चालाई दुस्मनसँग नडगमगाउने गरी भूमिका निर्वाह गर्नु भएको छ । विभिन्न शारीरिक तथा मानसिक यातना, देशभरका चिसो जेल, हिरासतको कहरलाई कुनै प्रवाह नगरेर एकीकृत जनक्रान्तिको मार्गलाई झनै उच्च पार्ने कार्य गर्नुभएको छ । कमरेडहरु कतै नडगमगाई हाम्रो पार्टीले अघि सारेको नीति कार्यक्रमप्रति प्रतिवद्ध बनेर जनतालाई विस्वास र दुश्मनलाई मुटुको किला बनेर अजङ्ग हिमालजस्तो उभिनु भएको छ । यो एकीकृत जनक्रान्तिका लागि पेरणादायी छ ।
हामीले पढेका छौ, हेरेका छौ कि, रोमानियाका कुख्यात तानाशाह भ्लान टेपस जसले रोमनियाली हजारौ जनताको आखा निकाल्ने, अनुहार क्षत–विक्षत बनाउने, हजारौँ जनताको खुन पिउने, २० औँ हजार जनताको छाला निकालेर गरम पानीमा डुबाएर मार्ने, हजारौँ जनतालाई विषालु किराले टोकाएर मार्ने र करिब १ लाखभन्दा धेरै जनताको हत्या गर्ने कुख्यात तानाशाह भ्लान टेपसको सत्ता अजम्बरी बनेन । ईस्वी १५३३ – १५४७ सम्म रुसमा शासन गरेका तानाशाह ईभान चितुतले दैनिक १ हजार मानिसलाई यातना दिने र फासीमा चडाउँथे । हजारौँ जनतालाई कुकुर, विरालो र हिंस्रक जनावरलाई टोकाएर मार्ने, हजारौँ महिला माथि बलात्कार गर्ने र फासी दिने कार्य गर्ने क्रुर तानाशाहको पनि अन्त्य भयो । त्यस्तै, जर्मन तानाशाह एडल्फ हिटलर जसका कारण दोश्रो विश्वयुद्ध नै भयो, ६० लाख यहुदी र ५ लाख सर्वसाधारण मानिसलाई यातना दिएर मारे । उनै क्रुर तानाशाह हिटलरको समेत अकल्पनिय अन्त्य भयो । मिश्रका मिरान, दक्षीण अफ्रिकामा २५ बर्ष शासन गरेका बेल्जियमका शासक पोर्ट, उज्वेकिस्तानी शासक इस्लामी र इटालिएन तानाशाह तथा फासीवादका प्रवर्तक बेनिटो मुसोलिनी जस्ताको शासन, दमन, उत्पीडन जनताले टिक्न दिएनन् । तिरष्कृत गरे र शासन सत्तानै फालिदिए छन् । तानाशाहहरुको अकल्पनीय अन्त्य भएको सन्दर्भहरु हाम्रो अगाडि जगजाहेर छ ।
अन्त्यमा, विश्व कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलनले हजारौँ क्रान्तिवीरहरुलाई गुमाएको छ । सहिदहरुको बलिदान मर्न नदिने प्रतिवद्धता हाम्रो पार्टीले लिएको छ । सहिदहरुको मार्गनिर्देशनलाई कहिल्यै झुक्न नदिने सपथ पार्टीले आत्मसात गरेको छ । अवश्य यो दलाल पुँजीवादी राज्यसत्ताले निकै ठूलो मूल्य चुकाउनु पर्नेछ । क्रान्तिप्रेमी जनताप्रति राज्यले लादेको फासीवादको बदला क्रान्तिकै दौरान लिइने छ । त्यसैले नेपाली दलाल पुँजीवादको नेपाली एजेन्ट, फासीवादी दमनका हिमायती वर्तमान दलाल सत्ता र त्यसका असली मतियार केपी–वादलको दमनकारी निर्देशन र सरकारको षड्यन्त्रलाई एकीकृत जनक्रान्तिले जरैबाट उखलेर फालिदिने छ । एकीकृत जनक्रान्तिको आगो सल्किसकेको छ र त्यो आगो झनै दन्किँदै छ । दलाल पुँजीवादी सत्ता र केपी मण्डलीले लादेको फासीवादका विरुद्ध खुनको हिसाव खुनले र गोलीको हिसाव गोलीले बदला लिन नेपाली क्रान्ति तयार छ । यो परिवेशमा न्यायप्रेमी नेपाली जनता, क्रान्तिप्रेमी राष्ट्रवादी, देशभक्त, किसान, मजदुर, वुद्धिजीवि, पत्रकार, वकिल, श्रमिक, मध्यमवर्गलगायतका सम्पूर्ण न्यायप्रेमी जनसमुदाय फेरि शिरमा कफन बाँधेर भन्न थालेको अनुभूत भैरहेको छ, ‘खुनको बदला खुन र गोलीको बदला गोली’ ।

प्रतिक्रियाहरु