खुट्टामा हात जोडेर उपचार

२०७० चैत्र २२ गते, शनिबार


काठमाडौँ । फोटो हेरेर छक्क पर्नु होला, खुट्टा र हात कसरी एकै ठाउँमा भनेर । तर, तस्बिर सत्य हो, दर्ुर्घटनामा परेर आफ्नो दायाँ हात गुमाएका एक व्यक्तिको हातलाई जीवित राख्नलाई चिनियाँ डाक्टरहरूले यस्तो उपाय अपनाएका हुन् । जिआओ वेइ नाम गरेका व्यक्तिको हातलाई तत्काल पाखुरामा राख्न नसिकने भएपछि डाक्टरहरूले खुट्टाको धमनीबाट रगत प्रवाह गर्राई सक्रिय तुल्याइराख्न यसरी राखेका हुन् । करिब एक महिना यसरी राखेपछि हातलाई झिकेर यथास्थानमै राखिएको अन्तर्रराट्रय सञ्चारमाध्यमले जनाएका छन् । चीनको चाङशा क्षेत्रका डाक्टरहरूले जिआओको हातले पुनः काम गर्नका लागि अन्य थुप्रै अपरेशन गर्नुपर्ने बताएका छन् । बेलायतको रोयल कलेज अफ र्सजसका कैरियान हेलेले यस्तो प्रक्रिया दुलभ भए पनि असाधारण भने नरहेको बताएका छन् । यद्यपि चिनियाँहरूलाई माइक्रोर्सजरीमा राम्रो अनुभव रहेको उनको भनाइ छ । खुट्टाको कुकुच्चानजिक रगतको प्रवाह राम्रो हुने भएकाले पनि त्यहाँ राखिएको डाक्टरहरूको भनाइ छ ।

प्रतिक्रियाहरु