खाल्डाेका कारण छोराको मृत्यु भएपछि …

२०७५ श्रावण १५ गते, मंगलवार

काठमाडौं, १५ साउन । भारत मुम्बईका दादाराओ बिलहोरे सडकमा रहेका खाल्डाका कारण छोराको मृत्यु भएपछि सो पीडालाई सेवामा लगाएका छन् ।। उनको छोराको १६ वर्षीय उमेरमा मृत्यु भयो । छोराको सम्झनामा बाबुले सोही शहरको सडकमा रहेका ५ सय ५६ वटा खाल्डा पुरेर सेवाकर्म दर्शाएका हुन् । सन् २०१५ मा सडक दुर्घटनामा नै परेर उनका छोरा प्रकाशको ज्यान गएको थियो । सडकमा भएका खाल्डाखुल्डीका कारण मोटरसाइकल दुर्घटना हुँदा प्रकाशको मृत्यु भयो । खाल्डोमा परी मोटसाइकल चिप्लिएर दुर्घटना भएको थियो । सोही घटनाबाट प्रेरित भएर बाबु दादाओरेले यो खाल्डा पुर्ने अभियान थालेको बताइन्छ ।
दादाराओले आजीवन खाल्डा पुर्दै जाने बताएका छन् । देशैभरिका सडकमा भएका खाल्डा नपुरिएसम्म उनी यो कामलाई निरन्तरता दिन चाहन्छन् । आफ्नो छोराले जस्तो अरु कसैले भोग्नु नपरोस् भन्ने उनको कामना छ । आइतबारसम्म उनले मुम्बईका विभिन्न सडकहरुमा भएका ५ सय ५६ खाल्डा पुरिसकेको जनाएका छन् । भारतको जनसंख्या धेरै भएको बताउँदै केवल एक लाख जनाले मात्रै सडकका एकएक खाल्डा पुर्न सुरु गर्ने हो भने देशमा एउटा पनि खाल्डो बाँकी नरहने उनको भनाइ छ । यो वर्ष मात्रै वर्षा सुरु भएसँगै मुम्बईमा मात्रै सडकमा रहेका खाल्डाका कारण ६ जनाले ज्यान गुमाइसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
केही दिनअघि महाराष्ट्र नवनिर्माण सेनाका कार्यकर्ताले सडकमा रहेका खाल्डा जतिसक्दो छिटो पुर्न आग्रह गर्दै राज्य सरकारविरुद्ध प्रदर्शनसमेत गरेका थिए । -एजेन्सी ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु