खानेपानीमा ‘जिओलाइट’ प्रविधि

२०७३ भाद्र ७ गते, मंगलवार

काठमाडौं, ७ भदौ । खानेपानीमा चुनाको समस्या हटाउनका लागि कञ्चनपुरको भीमदत्तनगरपालिका–८ तिलाचौरमा रहेको खानेपानीमा ‘जिओलाइट’ प्रविधि जडान गरिने भएको छ । चुनाका कारण खानेपानीका पाइपहरु अवरुद्धभई खानेपानी आपूर्तिमा समस्या देखिन थालेपछि एसियाली विकास बैंकको रु तीन करोड ९५ लाखको लागतमा उक्त प्रविधि जडान गरिन लागेको हो ।
चन्द एन्ड बसन्त कन्ट्रक्सन र लुम्बिनी बिल्डर्स कम्पनीसँग ठेक्का प्रक्रियामार्फत खानेपानीमा प्रविधि जडानका लागि सम्झौता गरिएको महेन्द्रनगर साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष अफिलाल जोशीले बताए । “एक महिनाभित्रै प्रविधि जडानको कार्य सुरु हुन्छ”, उनले भने । प्रविधि जडानपछि चुनाको समस्या समाधान भई सहजरुपमा उपभोक्ताले पानी उपभोग गर्न पाउने उनको भनाई छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार