खाद्यले खसीबोका आइतबारवाट बेच्ने

२०७१ आश्विन १० गते, शुक्रबार


काठमाडौ, १० असोज ।नेपाल खाद्य संस्थानले आइतबारदेखि दसैंका खसीबोका बेच्ने भएको छ । बिहीबारदेखि नै सुरु गर्ने योजना रहेकोमा संकलन गरी ल्याउन समय लागेकाले बिक्री ढिलो भएको संस्थानले जनाएको छ । दसैंलाई संस्थानले उपत्यकामा ३ हजार चार सय खसीबोका आयात गर्दैछ । माग र खपत हुने बजार हेरेर खसी बोका ल्याउन लागेको संस्थानका प्रवक्ता नवराज उपाध्यायले बताए । यस वर्ष बिक्री केही ढिलो सुरु गरे पनि संस्थानले उपलब्ध गराउने खसीबोका पर्याप्त हुने उनले बताए । खसीबोकाको मूल्यसमेत तोक्न बाँकी छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार