‘खाडीमा घरेलु कामदार महिलाको अवस्था दयनीय’

२०७४ पुष ६ गते, बिहीबार

काठमाडौं, ६ पुस । खाडी मुलुकमा महिलालाई घरेलु कामदारको रुपमा पठाउनुपर्छ भनेर केहीले लबिङ गरिरहेको बेला हालै खाडीका केही मुलुकमा गरिएको अध्ययनले घरेलु कामदार महिलाको अवस्था निकै कमजोर रहेको देखाएको छ । आप्रवासी कामदारको पक्षमा का मगर्दै आएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) को नेतृत्वमा जोर्डन, कुबेत र लेबनानमा गरिएको अध्ययनअनुसार घरेलु महिला कामदारको अवस्था कमजोर छ । ती देशमा नेपाल लगायत दक्षिण एसियाली मुलुकका महिला ल्याएर घरेलु काममा लगाइन्छ ।
खाडी मुलुकमा घरेलु कामदार महिला तथा अन्य श्रमिक पठाउने नेपाल, भारत, पाकिस्तान र श्रीलंकाका श्रम र कुटनीतिक निकायका सरकारी अधिकारीलाई भेला पारेर बिहीबार युएन वुमन, स्विस सहयोग नियोग र आइओमले आयोजना गरेको बहुसरोकारवाला निकायसँगको परामर्श बैठकमा अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको हो । प्रतिवेदनमा खाडी मुलुकमा रहेका घरेलु कामदार महिला शारीरिक, आर्थिक रुपमा शोषणमा परेको उल्लेख छ । – नागरिक दैनिकबाट

प्रतिक्रियाहरु