क्षेत्रीय संग्रहालय जुनसुकै बेला चोरी हुनसक्ने खतरामा

२०७३ श्रावण १० गते, सोमबार

काठमाडौं, १० साउन । आवश्यक सुरक्षा प्रबन्ध गर्न नसक्दा धनकुटास्थित पूर्वाञ्चल क्षेत्रीय संग्रहालय बर्षौंदेखि सुरक्षा जोखिमको सामना गर्दै आएको छ । ६ वर्षअघि नै आवश्यकता महशुस गरी सुरक्षाको माग गरिए पनि पूर्वाधार अभावका कारण हालसम्म सुरक्षा उपलब्ध हुन नसकेको हो ।
अवलोकनका लागि तयारी गरिएको पाँचवर्ष बितिसक्दा पनि धनकुटा स्थित पुर्वाञ्चल क्षेत्रिय संग्रहालयको दोश्रो ग्यालरी संचालन हुन सकेको छैन ।
अबलोकनकर्ताहरुको मागलाई ध्यानमा राखी पाँच वर्ष अघि संग्राहलयले दोश्रो ग्यालरी निर्माण गरि आदीवासी जनजाती भित्र पर्ने बिभिन्न समुदायले लगाउने करोडांै मुल्य बरावरका बहुमुल्य गरगहानाहरु संग्रहित गरि संचालन गर्ने तयारी गरेको थियो ।
संस्कृति पर्यटन तथा नागरिक मन्त्रालय पुरातत्व बिभाग अन्तर्गतको सो संग्रहालयमा बहमुल्य बस्तुहरु प्रर्दशनीमा राखिए पनि सुरक्षा अभाबको कारण हालसम्म सञ्चालन गर्न नसकिएको कार्यालय प्रमुख चन्द्र अधिकारी बताउँछन् ।
२०३९ सालमा निर्माण गरि ५१ सालवाट सर्बसाधारणलाई अवलोकनका लागि खुल्ला गरिएको पुर्वाञ्चल क्षेत्रिय संग्रहालयमा हाल एउटा मात्र ग्यालरी सञ्चालनमा रहेको छ ।
सञ्चालनमा रहेको ग्यालोरीमा पुर्वाञ्चलमा बसोवास गर्ने बातर, लेप्चा, मेचे, धिमाल, राजबंसी लगायतका जातीको पहिरन, वाजागाजा, जातिय हतियार लगायतका बस्तु संग्रहित छन् ।
संग्रहालयको थप महत्व बढाउन दोस्रो ग्यालरीमा तिनै जातजातिको बहुमुल्य गरगहना संग्रहित गरि प्रदर्शनको तयारी गरिएको थियो । संग्रहालयमा सुरक्षाका लागि कुनै पहल नै नगरिएको भने हैन ।
दोस्रो ग्यालरी निर्माण गरिए संगै सुरक्षाको आवश्यता समेत महसुस गरि एक हबल्दार र तीन प्रहरीको लागि सेन्ट्री पोष्ट आवास भवनसहितको पुर्बाधार निर्माण सुरु गरेपनि पाँच बर्ष बित्दासम्म सो पुरा हुन नसकेको हो ।
२० लाख रुपैयाँको लागत स्टमेट तयार पारी निर्माण सुरु गरिएपनि एकैपटक रकम निकासा नभएकाले हाल सम्पन्न नभएको कार्यालयका सुचना अधिकारी प्रेम राई बताउँछन् । – कविराज घिमिरे, ईमेज खबर

प्रतिक्रियाहरु