‘क्लिन फिड’ नीति स्थगित

२०७४ श्रावण १ गते, आईतवार

काठमाडौं, १ साउन । सरकारले सूचना तथा सन्चार मन्त्रालयबाट डाउनलिंक अनुमति लिइ नेपालमा प्रसारण गरिने विदेशी टेलिभिजन च्यानलको प्रसारणमा साउन १ गतेदेखि ‘क्लिन फिड’ (विदेशी विज्ञापन हटाउने व्यवस्था) तत्काल लागू नहुने भएको छ । विज्ञापनरहित नीति, २०७३ मा उल्लेखित कतिपय कार्य सम्पादन गर्न बाँकी रहेको हुँदा तत्कालका लागि स्थगित गरिएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र ढकालले राससलाई जानकारी दिए ।
सन्चार मन्त्रालयबाट डाउनलिंक अनुमति लिइ नेपालमा प्रसारण गरिने विदेशी टेलिभिजन च्यानलको प्रसारण साउन १ गतेदेखि ‘क्लिन फिड’ (विदेशी विज्ञापन हटाउने व्यवस्था) लागू गर्न मन्त्रालयले यही साउन २९ गते सूचना जारी गरेको थियो ।
‘विदेशी प्रसारण संस्थाको कार्यक्रम विज्ञापनरहित भएमामात्र लाउनलिंक अनुमति दिने र सोको नवीकरण गरिने भएकाले विज्ञापनरहित च्यानलकोमात्र डाउनलिंक अनुमतिपत्र दिने तथा नवीकरण गराउने’ भनी साउन २९ गते मन्त्रालयले सूचना जारी गरेको थियो ।
नेपाल केबल टेलिभिजन महासंघ, नेपाल केबल टेलिभिजन व्यवसायी महासंघ र डिस होम नेपाललगायतका संघसंस्थाले संयुक्त विज्ञप्ति जारी गरी सरकारले लागू गर्ने तयारी गरेको (क्लिन फिड) नीति फिर्ता लिन माग गर्दै आएका छन् । ती संघ–संस्थाले ‘क्लिन फिड’ (विदेशी विज्ञापन हटाउने व्यवस्था) लागू गरे साउन १ गतेदेखि नेपालमा प्रसारण हुने सबै टेलिभिजन बन्द गर्ने घोषणासमेत गर्दै आएका छन् । उक्त क्लिन फिड नीति–२०७३ नेपालको संविधान तथा राष्ट्रिय प्रसारण ऐन, २०४९ कोविपरीत रहेको ती संघ–संस्थाको भनाइ छ । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार