क्रान्तिको योजना बनाउदै माओवादी

२०७१ मंसिर ११ गते, बिहीबार


काठमाडौं । नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द समूहले अध्यक्ष मोहन वैद्यको नेतृत्वसँग औपचारिक रूपमा सम्बन्धविच्छेद घोषणा गरेलगत्तै उपत्यका छाडेको छ ।माओवादीका एक केन्द्रीय सदस्यका अनुसार अब चाँडै नयाँ पार्टी घोषणा गरेर क्रान्तिको घोसणा गरिनेछ । त्यसका लागि गर्न लागिएको भेलाको स्थान भने गोप्य राखिएको छ । ‘बैठक करिब चार दिन चल्छ, त्यहींबाट क्रान्तिकारी कार्यदिशा र रणनीतिसहितको नयाँ पार्टी घोषणा गर्छौं,’ तीनेताले भने, ‘फौजी रणनीतिसहितको कार्यदिशामा छलफल गर्दै छौं ।’ पोलिटब्युरो, केन्द्रीय र वैकल्पिक गरी करिब ६० केन्द्रीय सदस्यले यसबीच राजधानी छाडिसकेका छन् । पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बाँस्तोला, केन्द्रीय सदस्यहरू सन्तोष बुढामगर, ईश्वरी दाहाल, भरत बम, सावित्री दुरा, सुदीप मल्ल, शरद भण्डारी, ओम पुन, आरपी तिमल्सेना, धनबहादुर महर्जनलगायतले राजधानी छाडेका हुन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु