क्रान्तिको भयले प्रतिक्रियावादी जगत आतङ्कित – बिनोद दाहाल

२०७४ चैत्र ३ गते, शनिबार

‘युरोपमा एउटा हाउ घुमफिर गरिरहेको छ– साम्यवादको हाउ । यस हाउलाई धपाउन भनेर पोप र जार, मेटर्निख र गीजो, फ्रेन्च उग्रवादी र जर्मन पुलिस अर्थात् पुरानो युरोपका सारा सत्ताधारीहरू एक भएका छन् । कुन यस्तो विरोधी पार्टी छ जसलाई सत्ताधारीहरूले कम्युनिस्ट भनी बद्नाम नगरेको होस् ? कुन यस्तो विरोधी पार्टी छ जसले आपूmभन्दा धेरै प्रगतिशील विरोधी पार्टीहरूलाई र आफ्ना प्रतिक्रियावादी विरोधीहरूलाई समेत कम्युनिस्ट भएको घृणित आरोप नलगाएको होस् ?
तथ्यबाट दुई कुरा प्रष्ट हुन्छ । युरोपका सारा सत्ताधारीहरूले साम्यवादलाई अब एक शक्ति मानिसकेका छन् । अब कम्युनिस्टहरूले सम्पूर्ण संसारको अगाडि आफ्ना विचारहरू, आफ्ना उद्देश्यहरू, आफ्ना प्रयासहरू खुलस्त बताउनुपरेको छ र साम्यवादको हाउसम्बन्धी दन्त्यकथाको सट्टामा पार्टीको आफ्नो घोषणापत्र प्रस्तुत गर्नुपरेको छ ।’ – कार्ल माक्र्स– फ्रेडरिक एंगेल्स ।
क्रान्तिको भयले शुरुमा प्रतिक्रियावादी कित्तालाई एक ठाउँमा ल्याईदिन्छ, पछि उनीहरु उपायबिहीन भएपछि एकाएक उनीहरुबीच नै बिचाजन र बिखण्डित हुने परिस्थिति बन्दै जान्छ । विश्वका प्रयोगहरुले यही प्रमाणित गरेका छन् । प्रचण्डको भ्रमको समाप्ति र किरण—विप्लव समुहहरु मिल्ने तर्खरसँगै नयाँ परिस्थिति आएको झैं गरी क्रियाप्रतिक्रियाहरु आउन थालेका छन् । विदेशी शक्तिकेन्द्रहरुले आ–आफ्ना एजेन्टहरु यहाँ सत्ताको वरिपरि घेरामा राखेका छन् । त्यसैले देश दलालहरुको कब्जामा पारेका छन् । राज्यका कुनै पनि अङ्ग चल्नै सक्दैनन् । जनक्रान्तिले सबैभन्दा भयभित तिनै भएका छन् । दलालहरु भने राष्ट्रको स्वाधिनता, व्यवस्था र जनसरोकारबारे केही पनि गर्ने हैसियत गुमाएर भयधित र निकम्बा भएका छन् । उनीहरु देशमा कठपुतली झैं व्यवहार गरिरहेका छन् ।
समाजवादको सपनामा जनतालाई केही समय दौडाएपछि यिनीहरु बेकम्बा बनाएर फ्याकिने निश्चित छ । समाजवादको कुनै पुर्वाधार खडानभएको र हुनै नसक्ने स्थितिमा यिनीहरुले देखाएका समाजवादको सपना काल्पनिक भनिए पनि त्यो हैन । त्यो त दिवा सपना पनि हैन । कठपुतलीले न सोच्छन् न त केहीगर्ने हैसियत राख्छन् । यो त देशी विदेशी प्रतिक्रियावादीले जनतालाई उनीहरु मार्फत झुक्याउन चालेको चाल मात्र हो ।
लोकतन्त्रको नाममा संसदमा अवतरण भएका माके—एमाले र लोकतन्त्रको पर्याय आपूmलाई ठान्ने कांंग्रेसले अघोषित रुपमा माओवादी वा कम्युनिस्टहरुलाई प्रतिबन्धित गरिसकेका छन् । खुल्ला रुपमा कार्यक्रम गर्न र प्रशिक्षणहरु सञ्चालन गर्न रोक नै लगाएका छन् । आफ्नो नीति लागु गर्दा पक्राऊ पर्ने र जेलमा बस्नु पर्ने प्रतिक्रियावादी हर्कतले विप्लव समुह त हैरान नै भएको छ । लोकतन्त्र त प्रतिक्रियावादीका सुरक्षा कवच र जनता लुटने साधनको रुपमा उनीहरुले उपयोग गरिरहेका छन् । प्रतिक्रियावादी तप्काले राष्ट्रियता, जनतन्त्र र जनजिवीकाका विषय उठान गर्नु नै अपराधी र आतङ्ककारी बिल्लाका लागि योग्य हुने मापदण्ड कायम गरेका छन् । कांग्रेसले विप्लव र किरण गतिविधिहरुलाई सरकारले कसरी व्यवहार गर्छ हेर्छौं भन्दै सरकारलाई दमनका लागि हेरेको विभिन्न तरिकाले बताइरहेको छ । उसले लालझण्डा बिरुद्ध लालझण्डा प्रयोग गरिरहेको छ । परिणाम लालझण्डा बिहीन भएको ऊ हेर्न चाहन्छ ।
प्रचण्डले भने विप्लवबाट ‘जनप्रतिनिधिमाथि हमला शुरु भएको छ, कैलालीमा । भैरहवामा एकजना व्यवसायीमाथि फेरि हमला भयो । ठाउँ ठाउँमा जनप्रतिनिधिमाथि हमला गर्ने योजनाको कुरा हामीले सुनेका छौं । जनताका प्रनिनिधिले जनताको पक्षमा काम गर्न लाग्दैगर्दा शृंखलाबद्ध हमलाको योजना गम्भीर कुरा हो ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकालाई आतंककारी क्रियाकलाप सैह्य नहुने बताएका छन् । प्रधानमन्त्री ओलीलाई संसद्मा विश्वासको मत दिएका प्रतिनिधि सभा सांसद्, राष्ट्रियसभा तथा प्रदेश सभाका सांसदहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा धन्यवाद दिने क्रममा आज प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । अप्राकृतिक, असामाजिक तत्वहरुले यस किसिमका क्रियाकलापबाट फाइदा लिन्छु भन्ने नसोचे राम्रो हुने प्रधानमन्त्री ओलीले चेतावनी समेत दिएका छन् । सो कार्यक्रममा बोल्दै उनले सरकार हिंसा र अपराध रोक्न कडाइका साथ लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।
रविन्द्र श्रेष्ठ लेख्छन, (पहिलो चुनौती केन्द्र, प्रदेश तथा स्थानीय सरकारहरुले जनताका पक्षमा जनआकांक्षा अनुरुप ७० प्रतिशत भएपनि काम गरेर देखाउनु हो भने दोश्रो चुनौती भनेको विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीको सम्भावित विद्रोहवाट वचेर वार्तामा ल्याउन सक्नु हो । जनपक्षीय कामहरु गर्ने र विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीलाई वार्तामा ल्याउने कामहरु एकआपसमा अन्तरसम्वन्धीत विषय हुन् । हालै एक कार्यक्रममा पुष्पकमल दाहाल प्रचण्डले विप्लवको विषयमा दिएको अभिव्यक्ती जीब्रो लर्वरिएको मात्र होइन भने गम्भीर विषय वन्ने देखिन्छ । सो कार्यक्रममा विप्लवले माखो मार्दैनन् भनेर प्रचण्डले भने भन्दै माओवादी निकट कै अनलाइन समाचार संस्थाले खवर प्रकाशन गरेको छ । प्रचण्डको जीब्रो मात्र चिप्लीएको होइन भने उनले विप्लवलाई माखो मार्न थाल्न(विद्रोह गर्न थाल्न) अप्रत्यक्ष रुपमा उचाल्न खोजेको वा उत्तेजित पार्न खोजेको अर्थ लाग्न सक्दछ । यसको अर्को अर्थ ओली प्रधानमन्त्री र वादल गृहमन्त्री भएको वेला विप्लवले सशस्त्र विद्रोह गरोस् र भद्रगोल फैलाओस् अनि मेरा पालो आउँछ भन्ने प्रचण्डको चाहना हुन सक्दछ भनेर बुझ्ने परिस्थिति पनि आउन सक्दछ भन्ने कुरामा प्रचण्डको ध्यान गएको देखिन्न । विप्लवले माखो मार्न सक्दैनन् भन्नु अगाडि प्रचण्डले जनता र कार्यकर्ताहरुलाई यो बताउनु पर्दछ कि त्यो वेला जनसेनासंग भएका एके–४७ र एम– १६, रकेट लन्चरजस्ता अत्याधुनिक हतियारहरु सरकारलाई नवुझाइकन लुकाइएका थिए कि थिएनन् र ती हतियारहरु विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीको हातमा गएको हो कि होइन ? वास्तवमा यो अहिले सबैलाई थाहा भइसकेको विषय हो जसमा कसैले पनि ढाँट्न सक्दैनन् । जाबो दुईवटा थ्री नट थ्री राइफल (दोश्रो विश्वयुद्धकालिन राइफल) तथा केही वाँदर मार्ने भरुवा वन्दुकहरुको भरमा ०५२ सालमा थालिएको जनयुद्धले त दश वर्ष युद्ध गर्न सक्षम रहने इतिहास नेपाल मै छ भने विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीसंग त्यो भन्दा कयौं गुणा शस्त्रअस्त्र तथा अनुभवि नेता कार्यकर्ताहरु छन् भन्ने सबैलाई थाहा भएको तथ्य हो ।
प्रचण्डको मनका कुरा जे भए पनि र विप्लवले माखो मार्दैनन् भनेर जे भन्न गर्न खोजेको भएपनि एमाले र माओवादी केन्द्रमा तथा सेना र प्रशासनमा पनि विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीमाथि वल प्रयोग गरेर अहिले नै तह लगाउनु पर्छ भन्ने मत राख्ने नेताहरु पनि केही छन् भन्ने यथार्थ हो । साथै विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीसंग पनि वार्ता गरेर वेलैमा समस्या हल गर्न कोशिस गर्नु पर्दछ भन्ने मत राख्नेहरु पनि दुबै पार्टीमा तथा सेना र प्रशासनमा छन् । सही कुरा विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीसँग वार्ता गर्नु नै हो । अहिले प्रधानमन्त्री ओली र गृहमन्त्री बादल कामरेडहरुले बल प्रयोग गरेर विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीलाई तह लगाउनु पर्दछ भन्ने महाविद्धानहरु (वास्तवमा महामुर्खहरु)को सल्लाह मान्नु भनेको दैलोमा आइसकेको सुवर्ण अवसरहरुलाई लात हान्नु मात्रै हुनेछ । सापेक्ष रुपमा शान्तिपूर्ण स्थिति नभइकन देश विकासका कामहरुलाई अगाडि बढाउन कठिन हुने हुन्छ । यो वैज्ञानिक यथार्थ बुझेर पनि विप्लव नेतृत्वको पार्टीलाई बल प्रयोग गरेर तह लगाउँछु भन्ने बाटोमा यो सरकारलाई धकेल्नु भनेको यो सरकारलाई पनि त्यो बेलाको गिरिजा सरकार र शेरबहादुर देउवाको सरकारजस्तै बनाउनु हो । गिरिजा प्रधानमन्त्री र शेरबहादुर देउवा गृहमन्त्री भएको ०४८ सालको सरकारले काठमाडांै र पाटनमै निहत्था जुलुशमाथि गरिएको गोली प्रहार तथा रोल्पा रुकुममा चलाएको रोमियो अपरेशनले आखिर के दियो ?
अहिले विद्रोही पक्षले वार्ताको आह्वान गर्ने परिस्थिति आउन दिनु हुन्न । सरकारले नै बेलैमा वार्ता टोली बनाउने, वार्ताको लागि औपचारिक आह्वान गर्ने (केवल भाषणमा तीतो पोख्ने होइन), तथा मध्यस्थकर्ताहरुको टोलीलाई जिम्मा दिने लगायतका कामहरु तत्काल गर्नु सरकार कै पक्षमा राम्रो हुनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु