क्रान्तिकारी पत्रकार संगठनद्वारा अन्तरक्रिया कार्यक्रम आयोजना

२०७५ कार्तिक २७ गते, मंगलवार

काठमाडौं , २७ कार्तिक । क्रान्तिकारी पत्रकार संगठन, नेपालको आयोजना अहिले ताप्लेजुङको फुङलिङ बजारमा ‘मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ विषयमा सरोकारवाल पक्षहरुको सहभागितामा अन्तरक्रिया भइरहेको छ । कार्यक्रममा वक्ताहरुले बोल्ने क्रम जारी रहेको संगठनका कोषाध्यक्ष जानकरी चौधरीले जानकारी दिएकी छन् । कार्यक्रम संगठनको केन्द्रीय आयोजना र जिल्ला समितिको संयोजनमा जारी उक्त कार्यक्रममा जिल्लास्थित मानवअधिकारकर्मी, संचारर्की, महिला, समुदाय तथा अधिकारकर्मीहरुको सहभािगता रहेको छ ।
त्यस्तै कानून व्यवसायी, बुद्धिजीवि, प्राध्यापक तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको छ । वक्ताहरुले वर्तमान सरकार दलालको घेरा पर्दै गएको र नागरिकमाथि महंगी, भ्रष्टाचार, अन्याय, अत्याचार, बलात्कार तथा गुण्डागर्दी थोपरिएको धारणा राख्दै सरकारको विरोध गरेका छन् ।
वक्ताहरुले सरकारले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइरहेको बताउँदै सरकारको चर्को आलोचना गरे । सोमबार संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद् बैठकको निर्णय गुपचुप राखेको घटनाको खुलेर विरोध गरेका छन् । सरकार सूचना लुकाएर फासीवादी बन्दै गएको उनीको धारणा छ ।
कार्यक्रमको अध्यक्षता संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले गरिरहेका छन् भने कार्यक्रम संचालन महासचिव हिम विष्टले गरेका छन् ।अन्तरक्रिया कार्यक्रम गत असोज ४ गते दाङको घोराहीबाट शुरु भएको हो । सोही अनुसार कार्तिक २९ गते मोरङको विराटनगर र ३० गते झापाको बिर्तामोडमा हुँदैछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु