क्रान्तिकारीको कारबाहीमा प्रिमियर स्कूल

२०७३ असार ९ गते, बिहीबार

काठमाडौ, ९ असार । ललितपुरको सातदोबाटोमा रहेको प्रिमिएर स्कुलमा तोडफोड भएको छ । नेकपा माअाेवादी निकट अखिल क्रान्तिकारीले स्कुलले अनुमति बिना ९ कक्षासम्म संचालन गरेको, विद्यार्थीहरूबाट ३५% शुल्क वृद्धि गरेको, विद्यार्थीहरुलाई छात्रा वृद्धि नदिएको, विद्यार्थीको पोसाक समेत विद्यालयबाट बिक्रि गरेको आरोप लगाउदै तोडफोड गरेको हो । पटक-पटक शुल्क वृद्धिलगायतको बिषयमा स्कुल प्रशासनलाई जानकारी गराउदा समेत अटेरी गरेकोले बाध्य भएर तोडफोड गर्नु परेको अखिल क्रान्तिकारी उपत्यका समितिले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु