क्युवामा दुई दिने शोकको घोषणा

२०७५ जेष्ठ ६ गते, आईतवार

काठमाडौं, ६ जेठ । क्युवामा शुक्रबार राति भएको विमान दुर्घटनामा निधन भएका १०७ जना हवाई यात्रुको सम्झनामा दुई दिने शोक घोषणा गरिएको छ । विमान दुर्घटनामा १ सय ७ जनाको मृत्यु भएको थियो । उड्ने वित्तिकै समस्या आएपछि विमानस्थल नजिकैको खेतमा जोतिएर आगो लाग्दा विमानमा रहेका चालक दलका सदस्यसहित १ सय १० जना मध्ये तीन जना भने बाँचेका थिए ।
यसैबीच, दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स पनि फेला परेको छ । ब्ल्याक बक्सको अनुसन्धानबाट विमान राम्रो अवस्थामा रहेको खुलासा भएको छ । यद्यपि, थप अनुसन्धान भइरहेको जनाईएको छ । ४० वर्ष पुरानो बोइङ ७३७ दुर्घटना हुँदा विमानका १०७ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा दुई अजेन्टिनीसहित पाँचजना विदेशी र अरु सबै क्युवाली नागरिक थिए । – एजेन्सी

प्रतिक्रियाहरु