क्याम्पस प्रमुख घिमिरेलाई कार्वाही गर्ने चेतावनी

२०७५ मंसिर १० गते, सोमबार

काठमाडौं, १० मंसिर । अखिल क्रान्तिकारीले सानोठिमी क्याम्पसका प्रमुख रामचन्द्र घिमिरेलाई कार्वाही गर्ने चेतावनी दिएको छ । भक्तपुरस्थित सानोठिमी क्याम्पसको १३ रोपनी जग्गा भुमाफियाहरुसँग मिलेर कौडीको भाउमाबेचेकोले क्याम्पस प्रमुखलाई कार्वाही गर्ने चेतावनी दिएको हो । सार्वजनिक सम्पति दुरुपयोग गरेको भन्दै क्रान्तिकारीले उक्त जग्गामा व्यानर टाँसेर क्याम्पस प्रमुख रामचन्द्र घिमिरेका हर्कतहरु सार्वजनिक गरेको छ । घिमिरेले कर्मचारी नियुक्ति र प्राध्यापक करार नियुक्ति गर्दा समेत घुस खाएको क्याम्पसको भौतिक संरचनामा निर्माण सामाग्री खरिद गर्दा आर्थिक अनियमितता गरेको र क्याम्पसलाई निजीकरण गरेको अखिल क्रान्तिकारी भक्तपुरले बताएको छ

प्रतिक्रियाहरु