क्याम्पस प्रमुखको कुर्सी जलाइयो

२०७४ मंसिर २८ गते, बिहीबार

काठमाडौं, २८ मंसिर । पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुले परीक्षा रद्द गर्न माग गर्दै मोरङ, गोठगाउँमा रहेको कार्यालयमा तोडफोड गरेका छन् । विद्यार्थीले जीपी कोइराला कलेज अफ कृषि संकायको कार्यालयमा तोडफोड गरेका हुन् । आन्दोलित विद्यार्थीले कार्यालयको झ्यालको सिसा तोडफोड गर्नुका साथै क्याम्पस प्रमुख अजयकुमार शाहको कुर्सीसमेत जलाएका छन् ।
विश्वविद्यालयले लिएको एग्रो मेट्रोलोजी एन्ड क्लाइमेट चेन्ज विषयको परीक्षाको प्रश्नपत्र आउट गरिएको भन्दै पुनः परीक्षाको माग गर्दै विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् । पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँमा उनीहरु अध्ययनरत् थिए । यस विषयमा ४७ विद्यार्थी अध्यायनरत् छन् । क्याम्पस प्रमुख अजयकुमार शाहले विद्यार्थीको आन्दोलनकाबारेमा आफूले बुधबार नै उपकुलपति र डीनलाई जानकारी गराइसकेको जानकारी दिए ।

प्रतिक्रियाहरु