क्यान सफ्टेक जारी

२०७१ भाद्र २७ गते, शुक्रबार


काठमाडौं, २७ भदौ । कम्प्युुटर एसोसियसन अफ नेपाल (क्यान)को आयोजनामा विहीबारदेखि काठमाडौंको भृकुटीमन्डपमा सातौं ‘सुुविसुु क्यान सफ्टेक २०१४’ सुरु भएको छ । मेलामा सफ्टवेयर, सर्भिसेस, सोलुुसन् र कम्युनिकेसनस् सम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने बताइएको छ । सूचना तथा सञ्चार क्षेत्रमा विकासित नयाँ–नयाँ प्रविधिको प्रदर्शन, यस क्षेत्रको विकास र विस्तारका लागि आवश्यक रणनीतिका लागि सार्थक अन्तरक्रिया पनि गरिने क्यानले जनाएको छ ।
क्यानले मुलुकको विकासका लागि सूचना तथा प्रविधि क्षेत्रको विकासमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिएको छ । क्यानले विगत ६ वर्षदेखि यस्तो मेला गर्दै आएको छ । क्यान सफ्टेकको सातौं संस्करणको शीर्ष प्रायोजन सुुविसुु केबल नेट प्रालि र ‘एसोसियट स्पोन्सर’को रुपमा ‘नियो इआरपी’ रहेकोे छ । मेलाको संविधानसभा अध्यक्ष सुवास नेम्वाङले उद्घाटन गरेका थिए ।मेलामा १ सय ४२ स्टल रहेका छन् । मेला २९ गतेसम्म चल्ने छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु