क्यान सफ्टटेक भदौ २६ देखि

२०७१ भाद्र ६ गते, शुक्रबार


काठमाडौ – आगामी भदौ २६ देखि राजधानीको भृकुटीमण्डपमा ‘क्यान सफ्टेक २०१४’ आयोजना हुने भएको छ। कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले आयोजना गर्ने प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सफ्टवेयर, सोलुसन्स्, सर्भिसेस र कम्युनिकेशनसम्बन्धी जानकारी एकै स्थानबाट उपलब्ध हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष विनोद ढकालले बताए।सुबिसु क्यान सफ्टेक २०१४ इन एसोसिएसन विथ नियो ईआरपी नाम दिइएको मेलामा १सय४२ वटा स्टल रहनेछन्। तिनमा सफ्टवेयर, कम्प्युटर शिक्षा, कम्प्युटर सुरक्षा, बैंकिङ, सूचना व्यवस्थापन, लेखा व्यवस्थापन, एन्टीभाइरस र अस्पताल व्यवस्थापन लगायतका सफ्टवेयरहरू छन्। यस्तै सम्बन्धि क्षेत्रमा इन्टरनेट, केबल तथा टेलिभिजन, सेक्युरिटी सोलुसन्स्, वायरलेस, पि्रन्टिङ, पावर सोलुसन्स् र विभिन्न एप्लिकेसन सहितका ट्याबलेटसँग सम्बन्धित स्टलहरू रहनेछन्।
सफ्टेकका अवसरमा यस क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा सेमिनारसमेत आयोजना गरिने भएको छ। यस्तै, मिदास एजुकेसनले एन्ड्रोइड मोबाइल फोनमा चलाउन सक्ने गरी ४ सय रुपैयाँ पर्ने मिडास इक्लास एप निःशुल्क उपलब्ध गराउनेछ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार