क्यान इन्फोटेक मेला माघ १४ देखि

२०७१ माघ ११ गते, आईतवार

काठमाडौँ। सूचना प्रविधिको क्षेत्रमा भएका नयाँ प्रविधिको प्रदर्शन तथा यो क्षेत्रको विकास विस्तार गर्ने उद्देश्यले क्यान महासङ्घले ‘क्यान इन्फोटेक तथा सूचना प्रविधि सम्मेलन’ हरेक वर्ष जस्तै यो वर्ष पनि अागामी माघ १४ गते देखि गर्न लागेको छ ।मेला माघ १४ देखि १९ गतेसम्म आयोजना हुने भएको क्यान महासङ्घले शनिवार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ‘सुविसु क्यान इन्फोटेक २०१५ इन एसोसिएसन विथ डेल/इन्टेल बाई नियोटेरिक नेपाल’ नाम दिइएको मेला भृकुटीमण्डपमा हुनेछ ।सम्मेलनमा मुख्य प्रदर्शनी हलभित्र ४९ वटा र हल बाहिर तीनवटा ब्रान्डिङ प्रदर्शनी कक्ष रहने तथा भने ट्रसमा १४४, ओप स्पेस १४ र फुट कक्ष नौ गरी जम्मा २१९ वटा कक्ष रहने आयोजकले जनाएको छ ।सूचना र प्रविधिको क्षेत्रमा विश्वभर वर्षभरि भएका नयाँ संस्करणलाई सम्मेलनमा राखिने र त्यसको सम्पूर्ण तयारी पूरा भएको क्यान महासङ्घका अध्यक्ष विनोद ढकालले बताए ।प्रदर्शनीमा हार्डवेयरसेल्स तथा मल्टिनेन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसनस्, आइसिटी कजेल तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसनस, पेमेन्ट सोलुसनस रहनेछन् ।गोल्ड स्पोन्सर वेभ सरफरले उपत्यका र आसपासका सहरका करिब ८० हजार घरमा सिधैं र सजिलो इन्टरनेट सेवा तथा उपत्यका बाहिरका १२ सहरमा सञ्चालित सेवामा विशेष सुविधासहितका प्याकेज प्रदान गर्ने जनाएको छ ।सम्मेलन अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क रु १५० र विद्यार्थीलाई रु ७५ तोकिएको छ भने माघ १८ गतेलाई ‘विजनेश डे’का रुपमा घोषणा गरिएको ढकालले बताए ।
नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि आवश्यक रणनीति निर्माण गर्ने उद्देश्यले बर्सेनि आयोजना गर्दै आएको क्यान आइसिटी सम्मेलन आगामी माघ १८ र १९ गते एभरेष्ट होटल नयाँ वानेश्वरमा आयोजना हुने क्यान महासंङका अध्यक्ष ढकालले बताए ।
शीर्ष प्रायोजक सुविसु केबलनेटले ग्राहकलाई लक्षित गर्दै केबल इन्टरनेटका नयाँ तथा आकर्षक योजना सुपथ मूल्यमा सम्मेलनका अवसरमा सार्वजनिक गर्ने बताइएकाे छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार