क्यान्सर परीक्षणमा नयाँ सफलता

२०७४ माघ ५ गते, शुक्रबार

काठमाडौं, ५ माघ । अमेरिकाका वैज्ञानिकहरुले क्यान्सर परीक्षणका लागि ठूलो उपलब्धि हासिल गरेको दावी गरेका छन् । जन हप्किन्स विश्वविद्यालयका अनुसन्धानकर्ताले एक हजार बिरामीमाझ गरिएको नमूना परीक्षणमा आठ किसिमका क्यान्सर पत्ता लाग्छ कि लाग्दैन भनेर हेरेका हुन् । क्यान्सर रोग पत्ता लगाउन गरिएको नयाँ रगत परीक्षणले शरीरका अरु भागमा फैलिनुअघि आठ किसिमका ट्युमर पत्ता लगाउन सक्ने दह्रो आधार दिएको दावी गरिएको छ । यो अनुसन्धानबाट फैलिनुअघि नै क्यान्सर पत्ता लगाउन सकिने अपेक्षा गरिएको अनुसन्धानकर्ताहरुको भनाइ छ । क्यान्सर सिक नाम दिइएको परीक्षणलाई व्यापक बनाइनुअघि थप अध्ययन आवश्यक रहेको साइन्स जर्नलमा प्रकाशित प्रतिवेदनमा भनिएको छ ।
उक्त परीक्षण गर्न प्रतिव्यक्ति करीब ५ सय डलर खर्च लाग्न सक्ने आंकलन गरिएको छ । एक हजार पाँच जना क्यान्सरका बिरामीमाझ जन हप्किन्स विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनले कलेजो, पेट, छाती, स्तन, अण्डाशय, पाचनग्रन्थीलगायतमा क्यान्सर रोग पत्ता लागेको थियो । परीक्षणको उद्देश्य मानिसमा रोगको लक्षण देखिनु अगावै क्यान्सर लाग्ने नलाग्ने पत्ता लगाउनु रहेको वैज्ञानिकले जनाएका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार