अखिल क्रान्तिकारीद्वारा विषादीयुक्त सामग्रीहरु बिक्रीवितरण रोक्न चेतावनी

२०७६ असार २५ गते, बुधबार

काठमाडौं, २५ असार । अखिल क्रान्तिकारीले जनताको स्वास्थ्यमा गम्भीर खेलबाड हुनेगरी विषादीयुक्त फलफुल तथा तरकारी जन्य खाद्य सामग्रीहरु भित्राउन दिने सरकारको निर्णयको घोर भ्रत्सना गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका अध्यक्ष चिरजीबी ढकालले विज्ञाप्ति जारी गर्दै सो भ्रत्सना गरेका हुन् । अध्यक्ष ढकालले सरकारको यस्तो कदम बिरुद्ध सबै सचेत नागरिकलाई संघर्षमा उत्रन आव्हान समेत गरेका छन ।
यस बिषयमा अखिल क्रान्तिकारीका अध्यक्ष चिरजीबी ढकालले जारी गरेको प्रेस विज्ञाप्ति :

प्रतिक्रियाहरु