को नागरिक को अनागरिक ? – बी. आर. गजमेर

२०७६ श्रावण २७ गते, सोमबार

गत जेठ १२ गते प्राविधिक मिस्टेकका कारण आन्तरिक दुर्घटना भएर नेपाल कम्युनिस्ट पार्टीका पाँचजना हुनहार कार्यकर्ताहरुको दुःखद् मृत्यु भयो र ३–४ जना गम्भीर घाइते भए । यस दुःखद् घटनाले पार्टीलाई धेरै ठूलो क्षति भयो । उहाँहरुका परिवार, आफन्त र पार्टी परिवारमा ठूलो दुःख र पीडा भयो । तर, यस दुःखद् घटनामा मृत्यु हुनु भएका कमरेडहरुलाई गृहमन्त्री रामबहादुर थापाले बडो नमिठोसँग संसद्मा गएर हिजोको घटनामा मर्नेहरु ‘नेपाली नागरिकहरु होइनन्, विप्लव समूहका कार्यकर्ता मरेका हुन्’ भनेर बोलेछन्् । यस्तो खालेको गैरजिम्मेवार, अराजनीतिक र अमानवीय भनाइप्रति संसद्मा प्रतिपक्ष सांसदहरु र सत्तापक्षीय सांसदहरुले समेत व्यापकरुपमा विरोध खबरदारी र घोरभत्र्सना गर्दै गृहमन्त्री रामबहादुरलाई प्रश्न गरे, के नेकपा (विप्लव) मा लागेका मान्छेहरु नेपाली नागरिक होइनन् ? के उनीहरु विदेशी नागरिकहरु हुन् ? फरक विचार, आस्था राख्दैमा, नेकपामा लाग्दैमा नेपाली नागरिक होइनन् भन्न मिल्छ ? उनीहरुलाई ‘अनागरिक भन्न मिल्छ ? उनीहरु पनि सबै नेपाली नागरिक नै हुन् । गृहमन्त्रीजस्तो पदमा बसेर यस्तो गैरजिम्मेवार, गैरराजनीतिक र अमानवीय नीच कुरा बोल्न पाइन्छ ? यसको तुरुन्तै गृहमन्त्रीले जवाफ दिनुपर्दछ, यस्तो भनाई तुरुन्त फिर्ता लिनुपर्दछ भन्दै धेरे आलोचना र विरोध गर्नुभयो । त्यति मात्र होइन, सांसदहरुले भन्नुभयो कि, झापा आन्दोलनको नाममा धर्मप्रसाद ढकालहरुको टाउको काटेर हत्या गर्ने, लुटपाट गर्ने केपी ओली र जनयुद्धको नाममा १७ हजार नागरिकको जयान लिने प्रचण्ड–रामबहादुरहरु चाहिँ त्यसो भए ‘नागरिक कि अनागरिक’ त ? विप्लवहरुलाई चाहिँ अनागरिक भन्न मिल्छ ? यसको गृहमन्त्री र सरकारले तुरुन्त जवाफ दिनुपर्दछ भनेर मान्नुभयो । तर, गृहमन्त्रीले जवाफ दिएनन् । उनी निरीह जस्तो भएर नाजवाफ भए । परन्तु कुनै दिन इतिहासको कठघरामा उभिएर सही जवाफ दिनुपर्ने दिन आवश्यक नै आउँछ । त्यसको लागि केपी–पिके–रामबहादुर मण्डली तयार भएर बसे हुन्छ । त्यो दिन छिट्टै आउनेछ । त्यतिखेर उनीहरुले इतिहासमा धेरै ठूलो मूल्य चुकाउनुपर्नेछ । यति कुराचाहिँ राम्ररी बुझिराखे हुन्छ । बाँकी हिसाब–किताब इतिहासमा जनताले गर्नेछन्् ।
वार्ताको हल्ला कलाविहीन नाटक
केपी–पिके–रामबहादुर मण्डलीको कम्युनिस्ट नामधारी कमाउनिस्ट डबल नेकपाको झण्डै दुई तिहाईको सरकारले वार्ता–वार्ता भन्दै ठूलै हल्ला पिटेको देखिन्छ । विप्लव समूह (नेकपा) लाई वार्तामा बोलाएको आएन धोका दियो, उनीहरुले के भनेको हो ? के माग हो स्पष्ट छैन । उनीहरुलाई के चाहिएको हो ? यति ठूलो परिवर्तन भइसक्यो, जनताले सबै अधिकार प्राप्त गरिसके, अब त सुशासन, विकास र समृद्धिको बाटोमा हिँड्ने हो, समाजवादको दिशामा दौडिने हो । यत्रो सबै कुरा भइसक्दा पनि अझै के चाहियो, के खोजेको हो, विप्लव समूहले ? के को लागि क्रान्ति भनेको हो भन्दै खिसिटिउरी र उखानटुक्का गर्दै अब सरकार वार्ताको नाममा झुक्किँदैन, अब पहिला लुरुलुरु हतियार लिएर सरकारलाई बुझाउन आउने अनि मात्र वार्ता हुन्छ । बम पडकाउँदै हिँड्नेसँग वार्ता हुँदैन । अब, सरकारले दमन गरेर नियन्त्रण र निःशस्त्र पार्छ । चैत मसान्तसम्म हतियार लिएर आत्मसमर्पण गर्न नआए सबैलाई नियन्त्रमा लिएर कारवाही गरिन्छ जस्ता शब्दहरु र धम्कीपूर्ण भाषा बोलिरहेका छन्् । केपी–पिके–रामबहाुदर र गोकुल बास्कोटा मण्डली कसरी विप्लव समूहलाई सिध्याउन सकिन्छ भनेर षड्यन्त्र रच्दै छन्् । परन्तु उनीहरु योजनाबद्धरुपमा गोयबल्सशैलीमा वार्ताको हल्लाखल्ला व्यापक गर्छन् । अनि भित्रभित्रै चरम् दमन, धरपकड, गिरफ्तार र हत्या गर्दै राज्यआतंक मच्याउँछन्् । सायद यो दलाल सामाजिक फासीवादीहरुको विशषेता र चरित्रै यस्तै होला । उनीहरु केवल वार्ताको कलाविहीन नाटक मात्र गरिरहेका छन्् । पिकेचाहिँ विप्लवहरुले मलाई मार्न मान्छे खटाएका छन्् रे, के मलाई मारेर विप्लवहरुको व्यवस्था आउँछ ? प्रचण्डको नक्कल गरेर अर्को प्रचण्ड बन्न सकिन्न, अब क्रान्ति सम्भव छैन, यति ठूलो क्रान्ति र परिवर्तन भइसक्यो । अब तपाईंहरु पनि राज्यको मूलधारमा आउनुको विकल्प छैन, एकतामा आउनुस् भन्दै, भित्रभित्रचाहिँ दमन र हत्या गर्न सरकार र प्हरीलाई उक्साइरहेका छन्् । वातावरण बनाइरहेका छन्् । उनी सबैलाई आपूmजस्तै भएको देख्न चाहन्छन्् । यता रामबहादुर थापा विप्लव समूहलाई राजनीतिक व्यवहार नगर्नु, आपराधिक समूहको रुपमा व्यवहार गर्न, गोली ठोक्न र हत्य गर्न प्रहरीलाई आदेश दिइरहेका छन्् । प्रहरीले गोली हानेर काल्पनकि भीडन्त भन्दै गैरन्यायिक हतया गरिरहेका छन्् । र, रामबहादुर थापा भन्छन््, सरकारले विप्लव समूहसँग वार्ता गर्ने र दमन, नियन्त्रण गर्ने दुवै नीति लिएको छ । अहिले पछिल्लो चरण त यति धेरै वार्ताको बारे हल्लाखल्ला र प्रचारबाजी सञ्चारमाध्यम र पत्रपत्रिका र विभिन्न व्यक्तिहरुमार्फत् यति धेरै भयो कि साध्यै छैन । नेकपाको फलानो–फलानो नेतासँग सरकारको तर्फबाट फलानो–फलानो मान्छेहरुले भेट वार्ता भयो रे, वार्ताको वातावरण भयो रे, नेकपाले यस्तो–यस्तो सर्त राख्यो रे भन्दै एकतर्फीरुपमा धेरै हल्लाहरु भए । तर, सरकार एकातिर चरम् दमन धरपकड, गिरफ्तार, भूmठा मुद्दा र पार्टीका नेता, कार्यकर्ताको गैरन्यायिक हत्या गर्ने, अर्कातिर वार्ताको एकतर्फी हलला गर्दै दमन र हत्याको तयारी र षड्यन्त्र गर्ने अनि कसरी वार्ता हुन्छ ? वार्ताका बारेमा सरकारी पक्षबाट भएका गरेका भनिएका यस्ता–यस्तै हल्लाभन्दा बाहेक अरु खासै आधिकारिक र ठोस कुराकानी र इमान्दारीपूर्वक पहल बिल्कुलै भएको छैन ।
विगतमा सोमनाथ पाण्डेको संयोजकत्वमा वार्ता कमिटी बनेको रे ! वार्ताको पहल गरेको रे ! तर, हाम्रो पार्टीलाई यी केही पनि कुरा थाहा छैन । यसबारेमा आधिकारिक र औपचारिकरुपमा पार्टीलाई जानकारी नै छैन । हामीले हल्ला मात्र मिडियामार्फत् सुनेका हौँ । यस्तो स्थितिमा कसरी वार्ता हुन्छ ? केपी–पिके–रामबहादुर मण्डली एकातिर वार्ताको, शान्तिको हल्ला चलाउने, भ्रम छनर््े, अर्कोतिर हत्या, गिरफ्तार भूmठामुद्दा, दमन, सर्च–अपरेशन गर्दै राज्य आतंक मच्याउने अनि वार्ताको खेती गर्ने, यो के तरिका हो ? असाध्यै नराम्रो दोहोरो खालको रोल देखिन्छ । यदि सरकारले साँच्चिकै वार्ता गरेर राजनीतिक निकसा निकाल्न खोजेको हो भने, पहिला त वार्ताको वातावरण बनाउने मुख्य भूमिका सरकारको हुन्छ । कुनै औपचारिक निर्णयबिना वार्ताको हल्ला चलाउनुको कुनै अर्थ, औचित्य छैन । सबै हेर्दा त लाग्छ, सरकारको नियत मै शंका देखिन्छ ।
जहाँसम्म हाम्रो पार्टी नेकपाको कुरा छ, सिद्धान्तले हाम्रो पार्टी वार्ताविरोधी होइन । हाम्रो पार्टी शान्तिपूर्ण ढङ्गले वार्ता र संवाद्बाट देश र जनताको समस्याको समाधान चाहन्छ । यो कुरा सबैले बुझ्न जरुरी छ । यदि सरकारले असल नियतका साथ वार्ता गर्न चाहेको हो भने, उसले स्पष्ट गर्नुप¥यो, के विषयमा किन र केका लागि वार्ता गर्न चाहेको हो ? नेकपालाई हेर्ने दृष्टिकोण के हो ? यी विषयलमा सरकारले इमान्दारीपूर्वक आधिकारिक र औपचारिकरुपमा स्पष्ट गर्नुपर्दछ । वार्ताको अमूर्त छलछाम र भ्रम छनर््े कुरा गर्नु भएन । त्यसपश्चात् हाम्रो पार्टीले पार्टीको आधिकारिक स्पष्ट धारणा सार्वजनिक गर्ने नै छ । यदि वार्ता र संवादबाटै देश र जनताले भोग्नुपरेका समस्याहरु हल हुने भएमा र जनताको अधिकारको ग्यारेन्टी भएमा एवं वैज्ञानिक समाजवाद स्थापना गर्ने दिशामा राष्ट्रिय राजनीतिक सहमति भएमा, राष्ट्र र जनताको स्वार्थबाहेक हाम्रो पार्टीको अर्को कुनै स्वार्थ छैन । तर, यो सरकार र केपी–पिके मण्डलीले त्यहाँसम्मको विचार, दृष्टिकोण, हैसियत, आँट, हिम्मत र उद्देश्य लिन्छन्् भन्ने बिलकुल लाग्दैन । किनभने केपी–पिके मण्डली दलाल पुँजीवादी संसदीय व्यवस्थामा पतन भइसकेका छन्् ।
संसारबाटै असफलसिद्ध हुँदै गएको पुँजीवादी संसदीय व्यवस्थाको विकल्पमा समाजवादको आवश्यकता र अनिवार्यताको बारेमा छलफल, बहस चलिरहेको अवस्थामा नेपालजस्तो तेस्रो विश्वको पिछडिएको अविकसित मुलुकमा त झनै दलाल पुँजीवादी संसदीय व्यवस्थाले राष्ट्र र जनताको हित र अधिकार स्थापित गर्न सक्ने कुरै भएन । यो व्यवहारतः पुष्टि भइरहेको छ । क. माओले भन्नुभएझैँ, संसदीय पुँजीवादी व्यवस्था भनेको ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने’ व्यवस्था हो भन्ने सत्य र तथ्य यथार्थ पुष्टि भएको छ । नेपालको संसदीय दलाल पुँजीवादी व्यवस्था र त्यसका सञ्चालक शासकहरु पुर्णतः असफलसिद्ध भएका छन्् । के केपी–पिके मण्डली राष्ट्र र जनताकाको हित, अधिकार र मुक्ति गर्न नसक्ने असफल भइसकेको दलाल पुँजीवादी संसदीय व्यवस्था फालेर वैज्ञानिक समाजवादमा जानका लागि तयार हुन्छन््, मान्छन्् त ? यस्ता राष्ट्र र जनताका महत्वपूर्ण विषय र एजेण्डामा सरकार वार्ताबाट समस्याको समाधान राजनीतिक निकास निकाल्न तयार छ त ? यिनै देश र जनताको हित, अधिकार स्थापित र भविष्य निर्धारण गर्ने दूरदर्शी र महत्वपूर्ण विषयवस्तुमा सरकारले गम्भीर र इमान्दारीपूर्वक वार्ता गर्न चाहेको छ भने मात्र दुई पक्षीय वार्ताले सार्थकता पाउनेछ । र, देश र नजताले भोग्नु परेका राष्ट्रियता, जनाधिकार र जनजीविकाका समस्याहरुको महत्वपुर्ण राजनीतिक निकास हुनेछ । अनि मात्र समानता, स्वाधीनता, शान्ति, सुशासन, विकास र समृद्धिको दिशामा मुलुक अघि बढ्नेछ । यतिचाहिँ कुरा नढाँटी भन्नुपर्दछ, वैज्ञाकि समाजवादमा मात्रै देश र नजताको हित भविष्य उज्ज्वल हुनेछ । हाम्रो पार्टी नेकपा यही उद्देश्यका लागि संघर्ष गरिरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु