कोरोना संक्रमितको संख्या १०४२ पुग्यो !

२०७७ जेष्ठ १५ गते, बिहीबार

काठमाडौँ, १५ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा आजसम्म कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको जानकारी दिएका छन । आज विपि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा २ सप्तरीका जनामा पोजेटिभ देखिएको छ । यस्तै कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका २५ जनामा संक्रमण देखिएको प्रवक्ता डा. देवकोटाले बताए । यस्तै भरतपुर अस्पतालमा नवलपुरका १ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशालामा गरिएको परीक्षणमा ७७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा धनुषाका ४ वर्षिया बालिका सहित २९ जना, महोत्तरीका १७ जना, रौतहटका ३ जना, सप्तरीका १२ जना, सर्लाहीका ७ जना, सिराहका ६ जना, दोलखाका २ जना र सोलुखुम्बुका १ जनामा पोजेटिभ देखिएको हो ।
यस्तै सुर्खेतमा गरिएको परीक्षणमा २३ जनाको पोजेटिभ आएको छ । जसमा बझाङका १ जना सुर्खेतका २ वर्षिया बालिका सहित १३ र दैलेखका ८ जना रहेको प्रवक्ता देवकोटाले बताए । गण्डकी प्रदेशको प्रयोगशालामा गरिउको परीक्षणमा ३ जनाको पोजेटिभ देखिएको छ । हेटौंडामा भएको परीक्षणमा हेटौंडाका एक, भेरी अस्पतालमा गरीएको परीक्षणमा बर्दियाका ३ र नेपालगञ्जका १ जनामा गरी ४ जनामा पोजेटिभ देखिएको छ । यस्तै धुलिखेलमा भएको परीक्षणमा रौतहटका १७ जनामा पोजेटिभ देखिएको छ । सुदूरपचिमा थप ३ जनामा संक्रमण देखिएको छ । दार्चुलाका १ र कैलालीका २ जना रहेका छन् ।
त्यस्तै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । बुधबार ललितपुर महानगरपालिका बुङ्मतीका ५६ वर्षिया पुरुषको मृत्यु भएको हो । किस्ट अस्पतालमा उपचाररत उनको कोरोना भाइरसका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । उनी ११ गते किस्ट अस्पतालमा भर्ना भएको थिए । आइसियुमा उचार गराइरहेका ती पुरुष कलेजो सम्बन्धि रोगबाट पीडित थिए । १२ गते नमुना परीक्षण भएकोमा हिजो उनको मृत्यु भएको प्रवक्ता देवकोटाले बताए ।
यस्तै अहिले देशका विभिन्न अस्पतालमा ८ सय ५० जना संक्रमित आइसोलेसनम उपचाररत रहेका छन् । प्रदेश नम्बर १ मा ९९, प्रदेश नम्बर २ मा ३ सय १३, बागमती प्रदेशमा ३१, गण्डकी प्रदेशमा १५, प्रदेश नम्बर ५ मा ३ सय २९, कर्णाली प्रदेशमा ४७ र सुदूरपश्चिम प्रदेशमा १६ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।
बिहीबारसम्म पीसीआर विधिबाट ६० हजार ६ सय ९६ र आरडिटी विधिबाट १ लाख २ हजार ३४ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ४ सय १९ र आरडिटी विधिबाट १ हजार ७ सय ४७ जनाको नमुना परीक्षण भएको छ ।
यस्तै प्रदेश नम्बर १ मा ११ हजार ३ सय २२, प्रदेश नम्बर २ मा ६ हजार ६ सय १७, बागमती प्रदेशमा २४ हजार ८ सय ६४ र गण्डकी प्रदेशमा ७ हजार ९ सय ५० जनाको आरडिटी परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर ५ मा १८ हजार ७ सय ९४, कर्णाली प्रदेशमा ११ हजार ३ सय ५२ र सुदूरपश्चिम प्रदेशमा २१ हजार १ सय ३५ जनाको आरडिटी परीक्षण भएको छ ।
त्यसैगरी प्रदेश नम्बर १ मा २ हजार ९१, प्रदेश नम्बर २ मा १४ हजार १४, बागमती प्रदेशमा १ हजार ६ सय ३१ र गण्डकी प्रदेशमा २ हजार २ सय ४ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २९ हजार १ सय ५८, कर्णाली प्रदेशमा १४ हजार ८ सय ३४ र सुदूरपश्चिम प्रदेशमा २२ हजार २ सय १५ जना गरी देशभरी ८६ हजार ५७ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु