कोरोना संक्रमितको संख्या १६,६४९ पुग्यो !

२०७७ असार २६ गते, शुक्रबार

काठमाडौं, २६ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ हजार ८ सय १० जनाको पिसिआर परीक्षण गर्दा १ सय १८ जनामा संक्रमण पुष्टि भएको र योसंगै कोरोना संक्रमितको संख्या १६,६४९ पुगेको बताएका छन।
पछिल्लो २४ घण्टामा १२० जना संक्रमित डिस्चार्ज भएका छन् भने अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ८ हजार ११ जना रहेका छन् ।
अहिलेसम्म संक्रमितमध्ये ४८.१० प्रतिशत निको भइसकेका छन् । हाल २३ हजार ९ सय १० जना क्वारेन्टिनमा बसेका छन् । त्यस्तै ८ हजार ६ सय ३ जना आइसोलेसनमा रहेका छन् ।
धनकुटा, भोजपुर, सोलुखुम्बु, मनाङ, मुस्ताङ्ग र हुम्ला कोरोनामुक्त भएका छन् । ५ सय बढी संक्रमित भएका जिल्लाहरुमा महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा गरी ६ जिल्ला रहेका छन् । अहिलेसम्म कोरोनाबाट ३५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरु