कोरोना संक्रमितको संख्या १५,९६४ पुग्यो

२०७७ असार २२ गते, सोमबार

काठमाडौं, २२ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १ सय ८० जनामा कोरोना भाइरसको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ । आज काठमाण्डौं उपत्यकामा ५४ जना संक्रमित थपिएका छन् । जसमध्ये २४ जना काठमाण्डौ, २० जना ललितपुर र भक्तपुरका १० जना संक्रमित भएको बताइएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा २९ हजार २१५ रहेका छन् भने आइसोलेसनमा ९ हजार ११८ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा ४ हजार ७२१ नमुनाको पीसीआर परीक्षण गरिएको छ । यस्तै कोरोना जीतेर घर फर्कनेको संख्या पनि बढ्दो छ । पछिल्लो २४ घण्टामा २६४ थप कोरोना जितेर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार निको हुनेको संख्या ६ हजार ८११ जना पुगेको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु