कोरोना संक्रमितको संख्या ६ सय ३ पुग्यो

२०७७ जेष्ठ ११ गते, आईतवार


काठमाडौं, ११ जेठ । स्वास्थ्य मन्त्रालयले काठमाडौंमा एक जनासहित थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । यससँगै संक्रमितको संख्या ६०३ पुगेको जनाएको छ । मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आइतबार १९ जना संंक्रमित थपिएका हुन् । आइतबार थपिएकामा काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, मोरङ १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, कपिलवस्तु ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन् । यीमध्ये नुवाकोटमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो । योसँगै देशका ७७ मध्ये ४२ जिल्लामा कोरोनाको संक्रमण देखिएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् । संक्रमित मध्ये ८७ जना निको भएर घर फर्किएका छन् भने तीन जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार