कोरोना भाईरसको असल स्वरुप पत्ता लाग्यो !

२०७६ फाल्गुन २६ गते, सोमबार

काठमाडौं, २६ फागुन । चीनका वैज्ञानिकहरुले कोरोना भाईरसको असल स्वरुप पत्ता लगाउन सफल भएका छन् । माईक्रो टेलिस्कप प्रविधिको माध्यमबाट कोरोनाको बास्तविक तस्वीर , कुनै पनि मानव शरीरको कोशिकामा संक्रमण भए पछि कोशिकाको स्थिति कस्तो हुन्छ भनेर पनि पत्ता लागेको वैज्ञानिकहरुको दाबी छ । उनीहरुले त्यसको चित्र सार्वजनिक समेत गरेका छन् । यो सगैँ अब यसलाई सामना गर्ने उपाय छिटो पत्ता लाग्ने वैज्ञानिहरुको अनुमान छ । डेली मेलमा लेखिएको खबर अनुसार दक्षीणी चीनको सेन्जेन शहरका अनुसन्धानकर्ताहरुले फ्रोजेन ईलेक्ट्रोनिक माईक्रोसप एनालिसिस टेक्नोलोजीको सहायता जिउदो कोरोनाको तस्वीर खिच्न सफल भएका हुन् । यसै प्रविधिले भाईरसको जैबिक नमुना सुरक्षित गर्न सफल भएका छन् । यसबाट यो जिउदो हुदाँ कस्तो थियो भनेर विष्लेषण गरिने र सबै भन्दा विस्वसनीय परिणाम हुने जनाईएको छ ।
रिसर्च टिमका सदस्य असोसिएट प्रोफेसर लिउ चुआङले आफूहरुले देखेको भाईरसको नमुना जिउदो भाईरस जस्तै भएको बताए । सेनजेन नेस्नल क्लिनिकल मेडिकल रिसर्च सेन्टर र साउदर्न युनिभर्सीटी अफ् साईन्स एण्ड टेक्नोलोजीको सयुक्त टिमले भाईरसले शरीरको कोशिकामा प्रवेश गरे पछि कस्तो बदलाव आउछ भनेर समेत तस्वीर लिएको छ । लि चुआङका अनुसार यो तस्वीरको वैज्ञानिक महत्व छ । जनवरी २७ मा एक जना कोरोना संक्रमित बिरामीको शरीरबाट कोरोनालाई अलग गरेर तीव्र गतिमा प्रविधिको माध्यमबाट जिनोम सिक्वेन्सीङ गरिएको हो । bioRxiv जर्नलमा प्रकाशित समाचारलाइ उदृत गर्दै डेलीमेलले लेखेकेा छ ।

प्रतिक्रियाहरु