कोरोना भाइरसविरुद्ध ‘भ्याक्सिन’ !

२०७६ फाल्गुन १४ गते, बुधबार

काठमाडौं, १४ फागुन । विश्वमै तीव्र रूपमा यसकाे भाइरस फैलिएछि नियन्त्रण गर्न चुनौति परिरहेको बेला चीनकै डाक्टरले काेराेना विरुद्धको ‘भ्याक्सिन’ विकास गरेका हुन् । चीनको अंग्रेजी दैनिक अखबार ग्लोबल टाइम्सका अनुसार थियान चीन विश्वविद्यालयका प्रोफेसर ह्वान चिनहाइको नेतृत्वमा रहेको एक टोलीले सो भ्याक्सिन कास गरेका हाे । यो भ्याक्सिन मुखबाट लिन सकिने बताइएको छ । सुरुमा उनी आफैँले सो ‘ट्याबलेट’को चार डोज प्रयोग गरेको बताइएको छ । उनले विकास गरेका ‘ट्यावलेट’ले कुनै साइड इफेक्ट देखाएका थिएन ।
मुखबाट लिनसकिने उक्त ‘भ्याक्सिन’ले कोरोनाको भाइसरलाई मानिसको शरीरको भित्री मांसपेसीसम्म जानबाट रोक्ने तहलाई सक्रिय बनाइ संक्रमण हुनबाट रोक्नुका साथै यसले संक्रमितको उपचारमा समेत सहयोग पुग्ने चिनियाँ अंग्रेजी दैनिक अखबार ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।‘भ्याक्सिन’को बिकास सँगै साे विश्वविद्यालयले औषधिलाई क्लिनिकल परीक्षण र धेरै मात्रामा ‘भ्याक्सिन’ उत्पादन गर्न साझेदारको खोजी गरीरहेको बताइएको छ।
प्रोफेसर ह्वान चिनहाइको नेतृत्वमा रहेको टोलीले ‘क्याप्सुल’का रुपमा केही नमुना चक्कीहरू तयार गरेको र उनीहरू ‘भ्याक्सिन’ निर्माणमा महत्वपूर्ण मानिएको प्रोटिनको पुनर्मिलन हुने क्षमता, निर्माण तथा खण्डीकरण प्रणालीलाई प्रभाव पार्न सक्ने प्रविधिको विकास गर्न सफल भएका हुन् । कोरोना भाइरसका काराण मंगलबारसम्म २७ सय एक जनाको मृत्यु भइसकेको छ । चीनमा कोरोना भाइरसले सबैभन्दा धेरैको ज्यान लिएको तथ्याङ्क छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु