कोरोना भाइरसविरुद्धको खोप १८ महिनामा तयार हुने

२०७६ माघ २९ गते, बुधबार

काठमाडौं, २९ माघ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसविरुद्धको खोप १८ महिनामा तयार हुने जनाएको छ । डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेबियससले कोरोनाको नाम ‘कोभिड १९’ नामाकरण गरिएको बताए । उनले कोरोनाप्रतिको भ्रम हटाउन पनि यसको नामाकरण गरेको पनि स्पष्ट पारे । चीनको वुहान शहरबाट महामारीको रुपमा फैलिएको कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार एक सय ७ पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
गत डिसेम्बरबाट सुरु भएको कोरोनाबाट प्रभावित हुनेहरुको संख्या ४२ हजार भन्दा बढी रहेको बताइएको छ । करिव दुई लाख जना चिकित्सकको प्रत्यक्ष निगरानीमा रहेको बताइएको छ । सोमबार मात्र चीनमा एक सय आठ जनाको मृत्यु भएसँगै भारइरस नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै रोग प्रभावित मुख्य भूमि चीन र डब्लूएचओको आलोचना भएको छ ।
चीनको वुहान शहर र आसपासका मानिस बढी प्रभावित भएका छन् । भाइरसका कारण एक जना अअमेरिकी नागरिकको मृत्यु भएको छ भने हङकङ र फिलिपिन्समा पनि एक एक जनाको मृत्यु भएको छ । भाइरसका कारण २५ देश प्रभावित भएको बीबीसीले जनाएको छ । भाइरस महामारीको रुपमा फैलिन थालेपछि अधिकांश देशहरुले चीनबाट फर्कने नागरिकलाई चेकजाँचमा कडाइ गर्नुका साथै क्वारेन्टाइनमा राख्न थालेका छन् भने सीमहरुमा कडाइसमेत गरेका छन् । -एजेन्सी

प्रतिक्रियाहरु