कोरोना भाइरसले दश हजारको ज्यान लियो !

२०७६ चैत्र ७ गते, शुक्रबार

काठमाडौं , ७ चैत । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दश हजार नाघेको छ । बिहिबारसम्म कुल दुई करोड ४४ लाख पाँच सय मानिस संक्रमित भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक उल्लेख गर्दै सीएनएनले जनाए अनुसार झण्डै अढाई करोड संक्रमित भएको र दश हजारको मृत्यु भइसकेको छ । कोरोना भाइरस अन्र्टाटिका बाहेक सबै महादेशहरुमा फैलिइसकेको छ ।
चीनको वुआन प्रान्तबाट पहिलोपटक देखिएको भाइरस अहिले युरोप र अमेरिकामा व्यापक रुपमा फैलिइरहेको छ । चीनमा भन्दा इटालीमा मर्नेको संख्या बढी भएको छ । तर, संक्रमितको तथ्यांकमा चीन नै अगाडि छ । अमेरिकामा दश हजार संक्रमित भइसकेका छन् । विश्वका कतिपय देशहरु लकडाउन छन् । युरोपेली युनीयनका देशहरुले सीमा बन्द गरेका छन् । इटाली पुरै लकडाउन छ । अमेरिकाको क्यालिफोर्निया लकडाउन छ । अर्जेन्टिना पनि लकडाउन गरिएको छ । कतिपय देशले आवागमन बन्द गरेका छन् । नेपालले आज मध्यरातिबाट लागू हुने गरी ५४ देशसँगको आवागमन बन्द गर्दैछ । साउदी अरेबियाले हवाई सेवा बन्द गरेको छ । युरोप र अमेरिकाका कतिपय देशरुले पनि आवागमनमा कडाई गरेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु