कोरोना भाइरसबाट १२ जनाकाे मृत्यु : इरान

२०७६ फाल्गुन १३ गते, मंगलवार

काठमाडौं, १३ फागुन । नोभेल कोरोना भाइरस (कोभिड—१९) का कारण इरानमा मृत्यु हुनेको संख्या ५० पुगेको हल्ला भने गलत भएको इरानी सरकारले दावी गरेको छ । असत्य हल्लाको पछि लागेर त्रसित नहुन, तर थप सङ्क्रमण फैलिन नदिनका लागि उच्च सतर्कता भने अप्नाउन सरकारी अधिकारीहरुको आग्रह छ । इरानले नोभेल कोरोना भाइरस (कोभिड—१९) का कारण इरानमा मृत्यु हुनेको संख्या १२ पुगेको बताएको छ । इरानको स्वास्थ्य तथा चिकित्सा शिक्षा मन्त्री सइद नमकीले सोमबार मृत्यु हुनेको सङ्ख्या बढेर १२ पुगेको पुष्टि गर्नु भएको हो । उहाँले अरु ४७ जनामा पनि यसको सङ्क्रमण देखिएको जानकारी दिनुभएको इरानी समाचार संस्थाले जनाएको छ ।
उहाँले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न इरानसँग पर्याप्त श्रोतसाधन रहेको दावी पनि गर्नुभएको छ । तर आम नागरिकले सतर्कता नअप्नाएकोले फैलिने र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको सरकारी अधिकारीहरुको भनाइ छ । सार्वजनिक कार्यक्रम तथा भेला, खेलकुदका कार्यक्रमलगायतमा सहभागी हुन सर्वसाधारणले नछाडेकाले अपेक्षित सुधार हुन नसकेको उनीहरुले बताएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु