कोरोना भाइरसबाट विश्व मानव सभ्यतामाथि नै चुनौती – हस्तबहादुर केसी

२०७७ जेष्ठ १८ गते, आईतवार

सन् २०१९ को डिसेम्बरबाट चीनको वुहानबाट फैलिएको कोरोना भाइरस आजसम्म विश्ववभर एक महामारीका रुपमा फैलिएको छ । आज यो आलेख लेख्न बस्ने बेलासम्म विश्वका २१३ देशहरु र २ वटा पानी जहाजमा कोरोना भाइरस एउटा महामारीको रुपमा फैलिएको छ र विश्वभर २१९ देशहरुमध्ये २१३ देशहरुमा फैलिएको छ र उत्तर कोरियालगायत जम्मा ६ देशहरूमा मात्र यस विश्व मानव संहारकारी कोरोना भाइरस ले प्रवेश गर्न सकिरहेको छैन र यी छवटा देशहरुका सरकारहरुको उचित र वैज्ञानिक सावधानी, जनताप्रतिको उत्तरदायित्व र ग्रहण जिम्मेवारी तथा जनताको उच्च स्तरको चेतना र उच्च सजकताका कारण ती देशहरु कोरोना भाइरस जस्तो महामारीलाई देशभित्र फैलिन र प्रवेश गर्न नदिन सफल भएका छन् । आज यो आलेख लेख्न शुरु गर्ने बेलासम्म विश्वभर ५९ लाख मानिसहरु मानव प्राणघातक कोरोना भाइरस ९ऋइख्क्ष्म्(ज्ञढ० बाट संक्रमित भइसकेका छन् भने ३ लाख ६१ हजार मानिसहरुको ज्यान गइसकेको छ । र, २५ लाख ७७ हजार संक्रमण मुक्त भइसकेका छन् भने ५२ हजार ८ सय संक्रमितको अबस्था गम्भीर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । नेपालमा पनि आजसम्म १०४२ जना संक्रमित भइसकेका छन् भने ५ जनाको ज्यान गइसकेको छ ।
यस मानव संहारकारी कोरोना भाइरस एउटा महामारीकाा रुपमा मात्र नभएर एक चुनौतीका रुपमा विश्व मानव जातिको सभ्यतामाथि नै एक चुनौतीका रुपमा विश्व मानव समुदायका बीचमा खडा हुन पुगेको छ । किनकि आजसम्म कोरोना भाइरस को रोगथाम र उपचारका लागि आौषधि पत्ता लगाउन वैज्ञानिकहरु सफल भइनसकेका कारण यो ज्यादै भयावह र सन्त्रासका रुपमा मानव समुदायका बिचमा खडा हुन पुगेको छ । भाइरसविरुद्धको खोप वैज्ञानिकहरुले पत्ता (आविष्कार गर्न) लगाउन नसकेका कारण यसले विश्व स्तरमै एउटा भयावहका रुपमा, सन्त्रासको रुपमा र चुनौतीका रुपमा रहेको छ । योभन्दा पहिले पनि विश्वमा एड्स, स्वाइनफ्लू, भाइरस इन्फ्लूजा जस्ता मानव संहारकारी रोग नउब्जिएका र नफैलिइएका होइनन् । ती महामारीहरुले पनि विश्व मै हजारौं मानिसहरुको ज्यान नलिएको पनि होइन तर औषधि पत्ता लागेको हुनाले निश्चित समयावधिमा रोगथाम भइसके थियोे र त्यस पनि विश्व समुदाय त्रसित हुन र आतंकित हुने क्रम कम हुँदै आएको मानिन्छ ।
आज आपूmलाई अति ठूला, विकसित भएको ठान्ने, साधन स्रोत र प्रविधिले सम्पन्न ठानिएका देशहरू कोरोना भाइरसको महामारीबाट जनतालाई बचाउन र संरक्षण गर्न सबैभन्दा बढी असफल भइरहेका छन् । विश्व साम्राज्यवादको हैकम चलाइरहेको, संसारभरका जनता र राष्ट्रहरुमाथि शोषण, दमन, उत्पीडन चलाइरहेको, संसार भरका मुलुकहरुको प्राकृतिक साधन र स्रोतहरुमाथि दोहोन गरिरहेको, आफ्नो पक्षमा खडा हुन तयार हुन नमान्ने देश र ती देशहरुमाथि नाकाबन्दी गर्ने, फौजी हमला गर्ने, ती देशहरुका सरकार प्रमुखहरुको हत्या समेत गर्दै आएको र पृथ्वीलाई मात्र होइन, चन्द ग्रह र मंगल ग्रहलाई समेत किन्ने होडबाजीमा दौडिरहेको संयुक्त राज्य अमेरिका आज कोरोना भाइरस ९ऋइख्क्ष्म्(ज्ञढ० संक्रमण र महामारीबाट अमेरिकी जनतालाई बचाउन, देशलाई जोगाउन सबैभन्दा बढी असफल हुन पुगेको छ । यो आलेख लेख्न शुरु गर्ने बेलासम्म संयुक्त राज्य अमेरिकामा १७ लाख ६८ हजारभन्दा बढीमा कोरोना संक्रमण फैलिएको छ भने १ लाख हजार ३ हजार ३३० जनाले ज्यान गुमाइसकेका छन् ।
त्यस्तै पश्चिम युरोपका पुँजीवादी देशहरु बेलायत, इटली, स्पेन, फ्रान्स, जर्मनी, नेदरल्यान्ड, स्वीजरल्याण्ड जस्ता देशहरू पनि कोरोना भाइरसको संक्रमण र महामारीबाट जनतालाई बचाउन असफल सिद्ध भएका छन् । ती देशहरुमा लाखौं जनताले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउन बाध्य भएका छन् । रुसमा पनि कोरोना भाइरस ठूलो महामारीका रुपमा फैलिएको छ । यसरी आज साम्राज्यवादमा गिर्न पुगेको विश्व पुँजीवाद कोरोना भाइरस संक्रमण र रोगथाममा गर्न र देश र जनतालाई सुरक्षित राख्न र जोगाउन पूर्णरूपमा असफल भइसकेका छन् ।
यसको ठीक विपरीत समाजवादी देश भनिएका त आज ती देशहरूमा वैज्ञानिक समाजवाद नरहेको भए पनि ‘हिङ बाँधेको टालो’ को रुपमा रहेका चीन, भियतनाम, क्युवा जस्ता देशहरू समयमै कोरना भाइरसको संक्रमण र महामारीको जोखिम तथा क्षतिबाट बचाउन, जनतालाई सुरक्षित तुल्याउन र देशलाई यस घातक महामारीबाट जोगाउन एक हदसम्म सफल भएका छन् र पुँजीवादी राष्ट्रहरुलाई चुनौती समेत दिइरहेका छन् ।
यस सानै पैमानाको उपलब्धिबाट के निष्कर्ष र संश्लेषणमा पुग्न सकिन्छ भने विश्व मानव जातिलाई सबै खाले प्राकृति प्रकोपहरु र मानवीय संकट (वर्गीय मुक्ति, वर्गीय समानता) बाट मुक्त दिलाउन र जनतालाई सुरक्षित तुल्याउन र ढुक्कसँग बाँच्न वैज्ञानिक वातावरण निर्माण गर्नका लागि नयाँ जनवादी व्यवस्था, वैज्ञानिक समाजवादी राज्य व्यवस्था र वैज्ञानिक साम्यवाद मात्र एक मात्र वज्ञानि विकल्प हो भन्ने कुराको कोरोना भाइरसको महामारीको संक्रमणको रोकथाम र नियन्त्रण गर्ने र जनतालाई बचाउने, राष्ट्रलाई जोगाएर राख्ने विषयले पनि पुष्टि गरिदिएको छ । विश्व मानव समुदायका लागि यो ज्यादै ठूलो शिक्षा हासिल भएको छ । नेपालबाट पनि ठूलो शिक्षा हासिल भएको छ । नेपालमा दलाल सरकार, प्रतिक्रियावादी सरकार भएका नेपाली जनताले कति सास्ती पाए भन्ने कुराले प्रमाणिात गरिसकेको छ । जस्तो कि–
(१) प्रतिक्रियावादी सरकारले समयमै कोरोना भाइरसलाई बाहिरबाट देशभित्र भित्रिन नदिन चलाखी गरेन । संसारभर फैलिएको अवस्थालाई समयमै ख्याल नरेर, अन्तर्राष्ट्रिय विमान उडान रोक्नतिर लागेन । कोरोना भित्री सकेपछि मात्र चलाउन थाल्यो । र, अन्तर्राष्ट्रिय उडानहरु बन्द गर्ने र लकडाउन गर्ने काम थाल्यो ।
(२) भारतमा कोरोना भाइरल विकराल बनिसकेको अवस्थालाईसम्म नजरअन्दाज गर्न पुग्यो । भारतसितको खुला सिमाना रहेको देशमा नेपाल र भारतबीचको सीमा बन्द गर्ने कुरातिर ध्यान दिएनन् । भारततिरबाट संक्रमितहरु ह्वारह्वार्ती आइसकेपछि मात्र भारतसितको सीमा बन्द गर्नतिर लाग्यो, जुन बेला नेपाली समाजमा कोरोना भाइरस को संक्रमण भुसभित्र आगो सल्के झैँ फैलिसकेको थियो र त्यसले नै नेपालमा भयावह स्थित सिर्जना ग¥यो ।
(३) कोरोना भाइरस नियन्त्रणसम्बन्धी आौषधिजन्य सामानहरु चीनबाट खरिद गर्ने क्रममा सरकारका मन्त्रीहरु र कर्मचारीहरुले खुलेआम, हाकाहाकी करोडौंको भ्रष्टाचार गरेर गरेर मुलुकलाई कलंकित तुल्याउँदासम्म पनि भ्रष्टहरुलाई सरकारले कारवाही गर्नुको सट्टा उल्टै संरक्षण गर्नेतिर लाग्यो ।
एकातिर नेपाली जनता कोरोना भाइरसको संक्रमणको जोखिमले त्राही–त्राही भएको अवस्था रह्यो भने अर्कोतिर सत्ताधारी वर्ग, सरकारमा बसेकाहरु, भ्रष्ट कर्मचारीहरु, स्थानीय तहका भ्रष्ट जनप्रतिनिधिहरुलाई दशैँ–तिहार आएसरह भयो देश ।
(४) विपन्न वर्ग र श्रम बेचेर जीवन निर्वाह गर्दै आएका मजदुरहरुलाई राहत बाँड्ने सवालमा सत्ता पक्षबाट भएको पक्षपात, धाँधली र सडेको, गलेको, कुहिएको दाल–चामल वितरणले प्रतिक्रियावादी सरकार कुन हदसम्मको गैरजिम्मेवार र जनविरोधी हुन्छ भन्ने प्रमाणित भएको छ ।
(५) संसारका विभिन्न मुलुकमा काममा गएका मजदुरहरु जुन विजोग बन्न पुगे, विशेषगरी भारतमा अलपत्र परिरहेका र नेपालको सिमानाहरुमा आएकाहरुलाई देशभित्र ल्याएर वैज्ञानिक ढंगले र व्यवस्थित रुपले क्वारेन्टाइनमा राखेर व्यवस्थित गर्नुु पर्ने दायित्वबाट पन्छिएर जुन कहालिलाग्दो र दर्दनाक तथा विजोग अवस्थामा पु¥याएर दुनियाँलाई हँसाउने काम ग¥यो । यसको पछाडिको कारण सडेगलेको संसदीय व्यवस्था र प्रतिक्रियावादी सत्ताको परिणाम हो ।
(६) क्वारेन्टाइन स्थानहरु भेडी गोठभन्दा पनि तल्लो दर्जामा भएको स्थानमा राखेर जनतालाई भेडा – बाख्रा, पशुप्राणीसरह व्यवहार गर्न पुग्नुको मूल कारण प्रतिक्रियावादी सरकार हो भन्ने कुरा प्रमाणित हुन पुगेको छ ।
माथि उल्लेखित सवालहरुले के कुराको प्रमाणित गरिदिएको छ भने प्रतिक्रियावादी तथा पुँजीपति वर्ग, पुँजीवादी राज्यव्यवस्थाले विश्व जनसमुदायलाई प्राकृतिक प्रकोप र सबै खाले अर्थात् वर्गीय, लिङ्गीय, जातीय, भेगिय, क्षेत्रीय विभेदहरुको अन्त्यका लागि र मुक्तिका लागि पुँजीवादी राज्यव्यवस्थाहरुको एक मात्र विकल्प नयाँ जनवादी राज्यव्यवस्था (जनताको जनवादी अधिनायकत्व सहितको) राज्यव्यवस्था, वैज्ञानिक समाजवादी राज्यव्यवस्था (सर्वहारावर्गको अधिनायकत्वसहितको) राज्यव्यवस्था र अन्तिममा विश्व मानव जातिले प्रवेश गर्ने वैज्ञानिक साम्यवाद नै एक मात्र वैज्ञानिक विकल्प हो भन्ने कुरा प्रमाणित भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु