कोरोना जस्तै अरु महामारी पनि आउन सक्ने !

२०७७ असार २३ गते, मंगलवार

काठमाडाैँ, २३ असार । सयुक्त राष्ट्रसंघको पर्यावरण सम्बन्धि संस्थाले कोरोना जस्तै अरु महामारी पनि आउन सक्ने चेतावनी दिएको छ । सो संस्थाको एक प्रतिवेदनले यदी मानिसले जनावार निरन्तर मारिरहने र प्राकृतिक स्रोत साधनमाथि दोहन गरीरहने हो भने कोरोना जस्तै अरु महामारी पनि आउन सक्ने चेतावनी दिएको हो ।
युएन ईन्भारोमेन्ट प्रोग्राम एण्ड लाईभ स्टक रिसर्च ईन्सटीच्युटको एक प्रतिवेदनले पर्यावरणमा क्षति पुर्याउने कार्य, प्राकृतिक स्रोतमाथिको दोहन,जंगली जीवमाथिको उत्पीडन जस्ता कारण नै यस्ता महामारीका लागि जिम्मेवार रहेको औल्याईएको छ ।
राष्ट्रसंघका बिशेषज्ञका अनुसार पछिल्ला बर्षहरुमा जंगली जनावार र पंक्षीहरुबाट मानिसमा रोग संक्रमण हुने क्रम बढीरहेको छ । यदी मानिसले जंगली जनावार र पंक्षीहरुलाई बचाएन भने अरु थुप्रै महामारीको सामना गर्नु पर्ने चेतावनी दिईएको छ ।
प्रतिवेदनका अनुसार प्रोटिन बढाउन मानिसले जंगली जनावारको शिकार गरीरहेको छ तर यसैको परिणाम मानिसले भोग्नु परीरहेको छ । जनावारबाट सर्ने अलग अलग रोगले हरेक बर्ष २० लाख मानिसको संसारभरबाट ज्यान जाने गरेको छ । ईबोला, बर्ड फ्लु, सार्स जस्ता रोग पनि यसै श्रेणीमा पर्दछन् ।
राष्ट्रसंघ वातावरण कार्यक्रमका निर्देशक ईंगर एडर्सनले पछिल्लो सय बर्षमा मानिसले नयाँ भाईरसबाट हुने कम्तीमा ६ वटा महामारी झेलिसकेको बताएका छन् । एन्डर्सनले पछिल्लो ५० बर्षमा मानिसले मासुको उत्पादन २ सय ६० प्रतिशतले बढाएको पाईएको बताए । साथै मानिसले खेती बढाउन बन विनाश गरीरहेको र जंगली जनावार रहने स्थानको विनाश गरीरहेको पनि बताए । यस्तै बाँध, सिचाई, कारखाना र खेती पनि संक्रमण फैलनका लागि २५ प्रतिशत जिम्मेवार रहेको उनले बताए । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु