कोरोनाविरुद्धको औषधिलाई स्वीकृति !

२०७७ जेष्ठ २१ गते, बुधबार

काठमाडौँ , २१ जेठ । रुसको स्वास्थ्यमन्त्रालयले कोरोना भाइरसविरुद्धको औषधि अस्पतालमा रहेका कोरोना स‌क्रमितलाई दिनका लागि स्वीकृति दिएको छ । एभिफ्याभिर नामको यो औषधि कोरोना भाइरसविरुद्ध सफल रहेको रुसी अधिकारीहरुको दाबी छ । रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फन्ड (आरडीआईएफ) का प्रमुख किरिल दिमित्रेभले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै यसको जानकारी दिएका हुन् । दिमित्रेभका अनुसार औषधि निर्माता कम्पनीले कोभिड– १९ विरुद्धको भनिएको यो औषधि एक महिनामा ६० हजार संक्रमितलाई पुग्ने गरी उत्पादन गरिसक्ने छ । अहिलेसम्म कोरोना भाइरसविरुद्ध कुनै औषधि वा खोप बनिसकेको छैन । विश्वका विभिन्न देशहरुले एन्टिभाइरल औषधिको परीक्षण गरिरहेका छन् । परीक्षणकै क्रममा रहेका केही यस्ता औषधिले आशा जगाए पनि ती औषधि विरामीलाई खुवाउनका लागि संवन्धित निकायबाट अझै स्वीकृति मिलिसकेको छैन ।
एभिफ्याभिर औषधि १९९० को दशकको अन्ततिर एक जापानी कम्पनीले विकसित गरेको थियो । आरडीआईएफका प्रमुख दिमित्रेभका अनुसार रुसका वैज्ञानिकले यो औषधिलाई परिस्कृत गरेर धेरै प्रभावकारी बनाएका छन् । यो औषधि मोडिफिकेशनको जानकारी आगामी सातासम्म सार्वजनिक गर्न सकिने उनको भनाई छ ।
जापानमा पनि यो औषधिलाई एभिगान नामबाट परीक्षण गरिंदै छ । जापानी प्रधानमन्त्री शिंजो आबेले यो औषधिको प्रशंसा गर्दै यसको विकासका लागि १२.८ करोड डलरको बजेट स्वीकृत गरेका छन् । यद्यपि, जापानले अझै यसलाई स्वीकृति प्राप्त औषधिको सूचीमा समावेश गरेको छैन । तर रुसमा ३० मेमा यो औषधिलाई स्वीकृत औषधिको सूचीमा राखिएको छ। दिमित्रेभका अनुसार ३३० व्यक्तिमा परीक्षण गरिएको यो औषधिले संक्रमितलाई चार दिनमै कोरोनाबाट छुटकारा दिलाएको थियो । यो परिणाम आएलगत्तै रुसले पूर्व निर्धारित समय अगावै औषधिलाई प्रमाणित गरेको हो । सामान्यतया यस्ता औषधिको क्लिनिकल ट्रयालमा महिनौं लाग्ने गर्छ । यो अवधिमा औषधि नियन्त्रित तरिकाले ठूलो संख्याका विरामीमा परीक्षण गरिन्छ । विरामीमा औषधिको राम्रो वा नराम्रो कस्तो प्रभाव पर्छ भन्ने कुराको गहन अध्ययन गरेर सन्तुष्ट भएपछि मात्रै औषधि आम उपयोगका लागि स्वीकृति दिइन्छ । रुसमा ३३० जनामा मात्रै परीक्षण गरिएको यो औषधि ठूलो संख्याका विरामीको उपचारमा सफल हुन्छ कि हुँदैन भन्ने अनुमान अहिल्यै गर्न सकिंदैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार