कोरोनावाट ३ लाख ८१ हजार ७ सयको मृत्यु !

२०७७ जेष्ठ २१ गते, बुधबार

काठमाडौँ , २१ जेठ । कोरोनावाट ३ लाख ८१ हजार ७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ६४ लाख ७३ हजार नाघेको छ । यसैगरी निको हुनेको संख्या २९ लाख ८६ हजार पुगेको छ । विश्वमा कोरोनाको संक्रमण उच्च भएका शीर्ष दश देशको विवरण अनुसार सबै भन्दा धेरै अमेरीकामा मृतकको संख्या एक लाख ८ हजार ५७ पुगेको छ । त्यहाँ संक्रमित १८ लाख ८० हजार ५ सय २९ पुगेको छ ।
यसै गरी ब्राजिलमा मृतकको संख्या ३१ हजार २ सय ७८ जना भने संक्रमित ५ लाख ५६ हजार ६ सय ६८ पुगेको छ । यसै गरी रुसमा ४ लाख २३ हजार ७ सय ४१ संक्रमित छन् भने ५ हजार ३७ जनाको मृत्यु भएको छ । स्पेनमा कुल २ लाख ८७ हजार बढी संक्रमित छन् भने २७ हजार १ सय २७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा लगातार स्पेनमा संक्रमितको मृत्यु भएको छैन । बेलायतमा ३९ हजार ३ सय ६९ जनाको मृत्यु भएको छ भने २ लाख ७७ हजार ९ सय ८५ जना संक्रमित छन् । ईटालीमा ३३ हजार ५ सय ३० जनाको मृत्यु भएको छ भने २ लाख ३३ हजार ५ सय १५ जना संक्रमित छन् ।
भारतमा २ लाख ७ हजार १ सय ८३ जना संक्रमित छन् भने ५ हजार ८ सय २९ जनाको मृत्यु भएको छ । फ्रान्समा एक लाख ८८ हजार २ सय २० संक्रमित छन् भने २८ हजार ९ सय ४० जनाको मृत्यु भएको छ । फ्रान्समा २४ घण्टामा नयाँ संक्रमण देखा परेको छैन । जर्मनीमा एक लाख ८४ हजार ९१ जना संक्रमित छन् भने ८ हजार ६ सय ७४ जनाको मृत्यु भएको छ । पेरुमा एक लाख ७० हजार ३९ जना संक्रमित छन भने ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरु