कोरोनावाट ३ लाख १६ हजार ५ सयजनाको मृत्यु !

२०७७ जेष्ठ ५ गते, सोमबार

काठमाडाैं, ५ जेठ । पछिल्लो रिपोर्ट अनुसार कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख १६ हजार ५ सय नाघेको छ भने संक्रमित ४७ लाख ९८ हजार पुगेका छन । १८ लाख ५५ हजार मानिसहरु निको भएर घर फर्किएका छन् ।
विश्वमा सबै भन्दा धेरै अमेरीकामा मृत्यु हुनेको संख्या ९० हजार ९ सय भन्दा बढी छ । त्याहाँ संक्रमित पनि १५ लाख २७ हजार नाघेको छ ।
बेलायतमा मृतकको संख्या ३४ हजार ६ सय नाघेको छ । त्याहाँ संक्रमितको संख्या दुई लाख ४३ हजार पार भएको छ ।
ईटालीमा मृत्यु हुनेको संख्या ३१ हजार ९ सय पार भएको छ । त्याहाँ संक्रमितको संख्या २ लाख २५ हजार भन्दा बढी छ ।
फ्रान्समा मृतकको संख्या २८ हजार १ सय नाघेको छ भने १ लाख ७९ हजार भन्दा बढी संक्रमित छन् ।
स्पेनमा मृतकको संख्या २७ हजार ६ सय बढी पुगेको छ भने संक्रमितको संख्या २ लाख ७७ हजार बढी रहेको छ ।
रुसमा संक्रमितको संख्या २ लाख ८१ हजार नाघेको छ भने मृतकको संख्या २ हजार ६ सय नाघेको छ ।
ब्राजिलमा मृतकको संख्या १६ हजार १ सय बढी पुगेको छ भने संक्रमितको संख्या पनि २ लाख ४१ हजार नाघेको छ ।
यसै गरी भारतमा कुल संक्रमितको संख्या ९५ हजार ६ सय ९८ पुगेको छ भने ३ हजार २५ जनाको मृत्यु भएको छ । -एजेन्सी

प्रतिक्रियाहरु