कोरोनावाट मृत्यु हुनेको संख्या ३ लाख ८ हजार नाघ्यो !

२०७७ जेष्ठ ३ गते, शनिबार

काठमाडाैं, ३ जेठ । कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ८ हजार नाघेको छ भने ४६ लाख २१ हजार भन्दा बढी संक्रमित मध्ये १७ लाख ५५ हजार उपचार पछि निको भएका छन् । ४५ हजार भन्दा बढी संक्रमितको अवस्था गम्भीर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

पछिल्लो तथ्यांक अनुसार अमेरिकामा सबैभन्दा बढी ८८ हजार ४ सय भन्दा बढीको मृत्यु भएको छ भने १४ लाख ८३ हजार ९ सय बढी संक्रमित छन् । बेलायतमा २ लाख ६७ हजार संक्रमित मध्ये करिब ३४ हजार जनाको मृत्यु भएको छ ।

यस्तै इटालीमा २ लाख २३ हजार संक्रमित मध्ये ३१ हजार ६ सय बढीको मृत्यु भएको छ । फ्रान्समा २७ हजार ५ सय बढीको मृत्यु भएको छ । यस्तै ब्राजिलमा १४ हजार ८ सय जनाको मृत्यु भएको छ । जर्मनीमा ८ हजार जनाको मृत्यु भएको छ । त्यसैगरी इरानमा ६ हजार ९ सय बढीको मृत्यु भएको छ । चीनमा ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ । भारतमा करिब ८५ हजार संक्रमित मध्ये २ हजार ७ बढीे मृत्यु भएको छ । रसियामा करिब ३ लाख संक्रमित मध्ये २ हजार ४ सय बढीको मृत्यु भएको छ ।-एजेन्सी

प्रतिक्रियाहरु