कोरोनावाट मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार नाघ्यो !

२०७७ जेष्ठ २० गते, मंगलवार

काठमाडौं, २० जेठ । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार नाघेको छ भने ६३ लाख ६१ हजार संक्रमित मध्ये लाख २९ लाख बढी उपचार पछि निको भएका छन् । सक्रमित मध्ये ५३ हजार ३ सय बढीको अवस्था गंभीर छ । पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ६ हजार ९ सय नाघेको छ । संक्रमितको संख्या १८ लाख ५८ हजार बढी छ । बेलायतमा २ लाख ७६ हजार संक्रमित मध्ये ३९ हजार बढीको मृत्यु भएको छ ।
इटालीमा २ लाख ३३ हजार संक्रमित र ३३ हजार ४ बढीको मृत्यु भएको छ भने फ्रान्समा १ लाख ८९ हजार बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार ८ सय नाघेको छ ।
यस्तै स्पेनमा २ लाख ८६ हजार बढी कोरोना संक्रमित मध्ये २७ हजार १ सय बढीको मृत्यु भएको छ भने ब्राजिलमा ५ लाख २९ हजार बढी संक्रमित हुंदा करिब ३० हजार बढीको मृत्यु भएको छ ।
यता ,जर्मनीमा १ लाख ८३ हजार बढी संक्रमित र ८ हजार ६ सय बढी मृत्यु भएको छ भने चीनमा ८३ हजार कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३४ छ र रसियामा ४ लाख १४ हजार बढी संक्रमितमा मृत्यु हुनेको संख्या ४ हजार ८ सय नाघेको छ ।
यसैगरी भारतमा कोरोना संक्रमितको संख्या १ लाख ९८ हजार नाघ्दा ५ हजार ६ सय बढीको मृत्यु भएको छ । पाकिस्तानमा हालसम्म ७२ हजार ४ सय बढी संक्रमितमा करिब १ हजार ५ सयको मृत्यु भएको छ ।-एजेन्सी

प्रतिक्रियाहरु