कोरोनावाट मृत्यु हुनेको संख्या ३ लाख २४ हजार नाघ्यो !

२०७७ जेष्ठ ७ गते, बुधबार

काठमाडाैँ, ७ जेठ । कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन लाख २४ हजार नाघेको छ भने संक्रमित हुनेको संख्या ५० लाखको नजिक पुगेको छ । वल्र्ड मिटरको पछिल्लो रिपोर्ट अनुसार विश्वभर ४९ लाख लाख ८२ हजार ८ सय भन्दा माथि पुगेको छ । १९ लाख ५६ हजार मानिसहरु निको भएर घर फर्किएका छन् ।
विश्वमा सबै भन्दा धेरै अमेरीकामा मृत्यु हुनेको संख्या ९३ हजार भन्दा बढी छ । त्याहाँ संक्रमित पनि १५ लाख ७० हजार नाघेको छ ।
बेलायतमा मृतकको संख्या ३५ हजार नाघेको छ । त्याहाँ संक्रमितको संख्या दुई लाख ४६ हजार पार भएको छ ।
ईटालीमा मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ । त्याहाँ संक्रमितको संख्या २ लाख २६ हजार भन्दा बढी छ ।
फ्रान्समा मृतकको संख्या २८ हजार २ सय नाघेको छ भने १ लाख ८० हजार भन्दा बढी संक्रमित छन् ।
स्पेनमा मृतकको संख्या २७ हजार ७ सय बढी पुगेको छ भने संक्रमितको संख्या २ लाख ््७८ हजार बढी रहेको छ ।
रुसमा संक्रमितको संख्या २ लाख ९९ हजार नाघेको छ भने मृतकको संख्या २ हजार ८ सय नाघेको छ ।
ब्राजिलमा मृतकको संख्या १७ हजार ९ सय बढी पुगेको छ भने संक्रमितको संख्या पनि २ लाख ७१ हजार नाघेको छ ।
यसै गरी भारतमा कुल संक्रमितको संख्या एक लाख ६ हजार नाघेको छ भने ३ हजार ३ सय भन्दा बढीको मृत्यु भएको छ ।वाट

प्रतिक्रियाहरु