कोरोनाबारे जानकारी दिन ‘ डाँफे हेल्थ डटकम’ सञ्चालन

२०७६ चैत्र १५ गते, शनिबार

काठमाडाैँ, १५ चैत । सरकारले कोरोना भाइरस (काेभिड-१९)बारे जानकारी दिन ‘डाँफे हेल्थ डटकम’ (www.danphehealth.com) सञ्चालनमा ल्याएको छ । कोरोना भाइरसका बारेमा सही जानकारी तथा सूचनाहरु उपलब्ध गराउनका लागि नयाँ वेब पोर्टल सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ । स्वास्थ्य मन्त्रालयका सल्लाहाकार डा. खेम बहादुर कार्कीले शनिबारदेखि डाँफे हेल्थ डटकम सञ्चालनमा आउने बताए । शुक्रबार एक पत्रकार सम्मेलन गर्दै उनले भने, ‘सूचना र ज्ञान-सीप आदानप्रदान गर्नका लागि डेडिकेटेड वेब पोर्टल तयार पारिसकेका छौं । शनिबारदेखि यो लर्निङ पोर्टल पूर्ण रुपमा सञ्चालनमा आउँछ ।’
डाँफे हेल्थ डटकमबाट डाक्टर, स्वास्थयकर्मी तथा स्वास्थ्य क्षेत्रमा आबद्ध धेरै व्यक्तिहरुको कोभिड-१९ का बारेमा उत्पन्न जिज्ञासा तथा समस्या समधानका लागि प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
‘विश्व स्वास्थ्य संगठनले जसरी कोभिडको विषयमा जानकारीहरु ल्याइरहेको छ । यसैगरी सरकारले यस वेवसाइट मार्फत कोभिड नियन्त्रणका लागि सरोकारवाला व्यक्तिहरुको ज्ञान र सिप आदनप्रादन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ’ उनले भने ।
आइमार्क डिजिटलसँगको सहकार्यमा सञ्चालनमा ल्याउन लागिएको लर्निङ पोर्टल मार्फत सरकारले डक्टर तथा हेल्थ वकर्सहरुलाई अनलाइन ट्रेनिङको व्यवस्था समेत गर्ने जनाएको छ ।
डाँफे हेल्थ डकटकम लग इन गरेपछि कोभिड-१९ मा क्लिक गरेर डाइरेक्ट लगइनमा क्लिक गरी युजर आईडी तथा पासवर्ड बिना लगइन गर्न सकिने आईमार्क डिजिटलका अध्यक्ष रामप्रसाद ढुङ्गानाले बताए । उनका अनुसार लर्निङ पोर्टलबाट सर्वसाधारणका साथै स्वाथ्यर्कीहरुले पाउने सूचना तथा जानकारीहरु प्रमाणित सूचना मात्र हुने बताए । पोर्टल लञ्च गर्न सबै तयारी पुरा भएको बताएका शुक्रबारबाटै पोर्टल लाइभ हुने बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु