कोरोनाबाट ३ ,१३ , १८० जनाको मृत्यु !

२०७७ जेष्ठ ४ गते, आईतवार

काठमाडाैं, ४ जेठ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार विश्वमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या ३ लाख १३ हजार १८० पुगेकाे छ भने संक्रमित हुनेकाे संख्या ४७ लाख १९ हजार ४४ पुगेकाे छ । कुल सङ्क्रमितमध्ये १८ लाख ११ हजार ५३० उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा झण्डै गुणा बढी हाे । कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ९० हजार ११३ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १५ लाख ७ हजार ७७३ पुगेकाे छ । संक्रमितमध्ये ३ लाख ३९ हजार २३२ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ १० लाख ७८ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १६ हजार २४८ अवस्था गम्भीर रहेको छ । कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख ७६ हजार ५०५ पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २७ हजार ५६३ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ लाख ९२हजार २५३ भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ५६ हजार ६८९ जनामा कोरोना सक्रिय रहेको छ । तीमध्ये १ हजार २०८ काे अवस्था भने गम्भीर रहेको छ ।
पछिल्लाे समय काेराेना भाइरसको नयाँ हटस्पट रूस बनेकाे छ । केही दिनयता लगातार दिनहुँ १० हजार बढी संक्रमित थपिने गरेकाे छ । अहिलेसम्म रूसमा २ लाख ७२ हजार बढी मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने २ हजार ५३७ पुगेकाे छ । संक्रमितमध्ये ६३ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ २ लाख ६ हजार बढीमा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये २३ सयकाे अवस्था गम्भीर रहेकाे छ ।
अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा बेलायत पर्छ । अहिलेसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या ३४ हजार ४६६४ पुगेकाे छ । संक्रमितकाे संख्या भने २ लाख ४० हजार नाघेकाे छ । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ । त्यहाँ अहिले २ लाख बढीमा काेराेना कोरोना सक्रिय रहेको छ भने १५ सय बढीकाे अवस्था गम्भीर रहेकाे छ ।
ब्राजिललाई पनि काेराेनाले निकै सताएकाे देखिन्छ । अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या २ लाख ३३ हजार पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या १५ हजार ६३३ पुगेकाे छ । संक्रमितमध्ये ८९ हजार ६७२ पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ १ लाख २७ हजार बढीकाे काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ८ हजार ३१८ काे अवस्था गम्भीर रहेकाे छ ।
इटालीमा स्पेन, रूस र ब्राजिलमा भन्दा कम संक्रमित भए पनि मृत्यु हुनेकाे संख्या भने बढी रहेकाे छ । अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३१ हजार ७६३ पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ लाख २४ हजार बढी कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये १ लाख २२ हजार पूर्णरूपमा निको भइसकेका छन् । अहिले इटालीमा ७० हजारमा काेराेना सक्रिय रहेकाे छ भने ८ सयकाे अवस्था गम्भीर रहेकाे छ । कोरोनाले भयावह बनाएकाे अर्काे देश हाे, फ्रान्स । फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ७९ हजार ३५६ पुगेकाे छ भने मृत्यु हुनेको संख्या २७ हजार ६२५ पुगेको छ । संक्रिमतमध्ये ६१ हजार पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९० हजार बढीमा काेरोना संक्रिय रहेको छ । तीमध्ये २ हजार १३२ जनाकाे अवस्था भने गम्भीर रहेको छ । जर्मनीमा पनि कोरोना संक्रमित हुनेको संख्या १ लाख ७६ हजार पुगेकाे छ । मृत्यु हुनेको संख्या भने ८ हजार २७ पुगेको छ । अहिले जर्मनीमा १५ हजार ६२० मा मात्रै कोरोना सक्रिय रहेको छ । संक्रमितमध्ये १ लाख ५२ हजार भने पूर्णरुपमा निको भइसकेका छन् । जर्मनीमा यति निको हुनु भनेको सुखद पक्ष हो ।
टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या १ लाख ४८ हजार नाघेकाे छ । अहिलेसम्म त्यहाँ ४ हजार ९६ काे मृत्यु भएकाे छ । संक्रमितमध्ये १ लाख ८ हजार बढी भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ३५ हजारमा काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ९ सयकाे अवस्था गम्भीर रहेकाे छ ।
इरानमा टर्कीभन्दा कम संक्रमित भए पनि मृतककाे संख्या भने बढी रहेकाे छ । अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ६ हजार ९३७ पुगेकाे छ । अहिलेसम्म त्यहाँ १ लाख १८ हजार संक्रमित भएका छन् । संक्रमितमध्ये ९३ हजार निकाे भएका छन् । अहिले त्यहाँ १७ हजारमा मात्रै काेराेना सक्रिय रहेकाे छ ।
चीनले आफ्नो मुलुकमा कोरोना भाइरसको महामारी अन्त्य भएको घोषणा गरेको एक महिना नबित्दै त्यहाँ फेरि संक्रमण देखिन थालेको छ । वर्ल्डो मिटर्सकाे अनुसार चीनमा शनिबार ८ जना नयाँ काेराेना संक्रमित थपिएकाे छन् । योसँगै त्यहाँ संक्रमित हुनेको कुल संख्या ८२ हजार ९४१ पुगेको छ । यसअघि शुक्रबार पनि त्यहाँ ४ जनामा संक्रमण देखिएको थियो । चीनमा अहिलेसम्म ७८ हजार २१९ जना संक्रमण मुक्त भएका छन् भने ८९ जना संक्रमितको उपचार भइरहेको छ । चीनमा ४ हजार ६३३ जनाको कोरोना भाइरसको संक्रमणकै कारण मृत्यु भएको छ । अप्रिल महिना यता नयाँ संक्रमित देखिएपछि चीनले वुहानका सबै बासिन्दाको कोरोना भाइरसको परीक्षण गरिरहेको छ ।
नेपालमा काेराेना भाइरस (काेभिड-१९) संक्रमितकाे संख्या २९१ पुगेकाे छ ।

प्रतिक्रियाहरु